Play

दुर्घटनाबाट देश जोगाउन एमालेलाई मत–उम्मेदवार गुरूङ

गुरुकुल खबर


पोखरा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट प्रत्यासी उम्मेदवार मनबहादुर गुरूङले देशलाई दुर्घटनाबाट जोगाउनको लागि एमालेलाई मत दिन जनतालाई आग्रह गरेका छन् ।
शुक्रवार मतदाता भेटघाट कार्यक्रममा उनले राष्ट्रियताको जगेर्ना र देश विकास एमालेले मात्रै गर्न सक्ने उनको विश्वास छ । विगतमा एमाले नेतृत्वको सरकारलाई हेर्दा पनि सो प्रमाणित भैसकेको हुँदा आम जनतालाई आफ्नो पाटीको सूर्य चिन्हमा मतदान गर्न उनको आग्रह छ ।

कास्की क्षेत्र नम्बर १(ख)का प्रदेश सभा उम्मेदवार बेदबहादुर गुरूङ (श्याम)ले क्षेत्र नम्वर १ (ख)को विकासका लागि कुनै पनि कसुर बाँकी नराख्ने बताए ।

नेकपा एमाले कास्की जिल्ला सचिव बैनबहादुर क्षेत्रीले एमाले विकासको अर्को पर्याय र देश विकासको एक मात्रै निर्विकल्प पार्टी भएको बताए । गठबन्धन मार्फत भ्रष्टाचार र लुटतन्त्रका लागि आएकाहरूलाई कास्कीका जनमतले नै त्यसको जवाफ दिने उनको विश्वास छ ।

कार्यक्रममा प्रदेश समानुपातिक उम्मेदवार नन्दकली नेपालीले यो पटकको निर्वाचनमा एमालेलाई बहुमतले जिताउन सबै मतादातासँग आग्रह गरिन्

४ कार्तिक २०७९, शुक्रबार २३:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा