Play

टेवल टेनिसका पाँच स्वर्ण पदक मध्ये ४ स्वर्ण नेपाल प्रहरी र १ स्वर्ण सशस्त्र प्रहरीलाइ

गुरुकुल खबर


पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलुकद प्रतियोगिता अन्तर्गत सोमबारसम्म टेवल टेनिस प्रतियोगिताका पाँचवटा ईभेन्ट सम्पन्न भएकोमा ४ वटा इभेन्टको स्वर्ण नेपाल प्रहरीले र एउटा इभेन्ट्स तर्फको स्वर्ण शसस्त्र प्रहरीले पाउन सफल भएको छ ।

सोमबारसम्म सम्पन्न प्रतियोगिता अन्तर्गत पुरुष टिम, महिला टिम, पुुरुष डबल्स र मिक्स डबल्स गरी ४ वटा ईभेन्टसको स्वर्ण पदक नेपाल प्रहरीले र महिला डबल्सको स्वर्ण पदक शसस्त्र प्रहरीले जितेको हो ।

सोमबार बिहान सम्पन्न पुुरुष डबल्स इभेन्टमा नेपाल पुलिस क्लवले ३­ –१, ११ –८, ११ –५, ११ –१३,११–६ को ३–१ ले शसस्त्र प्रहरीलाई पराजित गर्दै स्वर्ण पदक हात पार्न सफल भएको थियो ।

यसैगरी प्रतियोगितामा सहभागी ११ टिम मध्ये शसस्त्र प्रहरीले २ रजत, नेपाल प्रहरी, नेपाली सेना र बाग्मति प्रदेशले ११ रजत हात पारेका छन् भने कास्य पदक तर्फ बाग्मति प्रदेशले २, एनआरएनएले २, प्रदेश नं १ ले २, त्रिभुुवन आर्मी क्लवले २, नेपाल पुसिल क्लवले १ र गण्डकी प्रदेशले १ कास्य पदक हात पार्न सफल भएका छन् ।

स्वर्ण पदक पाउन सफल नेपाल प्रहरीको खेलाडीहरुमा पुुरुष टिम इभेन्ट तर्फ सन्तोष श्रेष्ठ, विनेश खनियाँ, संयोग कपाली, विपुल महर्जन र प्रदिप रोका, महिला टिम इभेन्ट तर्फ नविता श्रेष्ठ, एलिना महर्जन, मन्जु सुवल, यस्वासी अवल, शुभाश्री श्रेष्ठ, पुरुष डबल्स तर्फ सन्तु श्रेष्ठ र विनेश खनियाँ, मिक्स डबल्स तर्फ विनेश खनियाँ र एलिना महर्जन रहेका छन् भने महिला डबल्स इभेन्ट तर्फ शसस्त्र प्रहरीलाई स्वर्ण पदक दिलाउन सफल खेलाडीहरुमा सिक्का सुवाल र वियन्का राई रहेका छन् ।

विजयी टिम र खेलाडीलाई तालिम तथा प्रशिक्षण विभाग निर्देशक प्रचण्ड शर्मा, प्रशासन विभागिय प्रमुख मधुसुदन बस्नेत, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज गुरुङ, एनआरएनका मध्यपुर्व संयोजक मनोजकुमार श्रेष्ठ र कोल्मा बहाकोट तमु समाजका अध्यक्ष सुवेदार लालबहादुर गुरुङले मेडल तथा पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बाँकी रहेका दुई इभेन्टस महिला सिंगल्स र पुरुष सिंगल्स तर्फका खेल सोमबारदेखि पोखराको रामबजार स्थित कोल्मा बहाकोट तमु समाज घरमा जारी छ ।

३१ आश्विन २०७९, सोमबार १५:५३ मा प्रकाशित
Nabintech