तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Tuesday, February 7, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्याराग्लाइडिङ दुर्घटनामा सेनाका खेलाडी निसिम थापाको मृत्यु

गुरुकुल खबर गुरुकुल खबर
२०७९ अशोज ३० मा प्रकाशित
in खेलकुद, गण्डकी प्रदेश, समाचार
प्याराग्लाइडिङ दुर्घटनामा सेनाका खेलाडी निसिम थापाको मृत्यु
27
SHARES
109
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङ प्रतियोगितामा सहभागी एक नेपाली सेनाका खेलाडीको आईतबार दुर्घटनामा परेर मृत्यु भएको छ । सराङकोटबाट पोखराको आकाशमा प्याराग्लाइडिङ खेलाडी निसिम थापाको ‘टेक अफ’ अन्तिम बन्यो ।

दुर्घटनाको प्रत्यक्ष साक्षी बने प्याराग्लाइडिङ प्रशिक्षक सुरेन गुरुङ । विश्वमै प्याराग्लाइडिङका लागि उत्कृष्टमध्येको सराङकोटमा क्रस कन्ट्री प्रतियोगिताका लागि आइतबार बिहान ब्लुस्काई प्याराग्लाइडिङको टेक अफ जोनमा खेलाडी जम्मा भए । एपीएफका प्रशिक्षक गुरुङ ‘वाइन्ड डमी’ का रूपमा हावाको चाप र चाल बुझ्न पहिला उडे । अप्रतियोगी अरू दुई पाइलटले त्यसपछि सोलो उडान भरे । तीन जनाले सबै ठीकठाक रहेको निश्चित गरेपछि प्रतियोगीमध्ये सबैभन्दा पहिला निसिमले ११ः३० मा ‘टेक अफ’ गरे । गुरुङ निसिमभन्दा २०/३० मिटर माथि विपरीत दिशामा थिए । फर्किएर निसिमतिर हेर्दा ग्लाइडर घुम्दै गरेको देखे । ग्लाइडर दुईपल्ट घुमेको मात्रै के थियो, निसिम जमिनमा बजारिए ।

सराङकोटको टावरभन्दा मुन्तिर छ ब्लुस्काई टेक अफ, उक्त टेक अफभन्दा माथिपट्टि अपार्टमेन्ट बनिरहेको छ । टेक अफ गरेको ४/५ मिनेटमै निसिम त्यही अपार्टमेन्ट निर्माणस्थलमा खस्न पुगे । सराङकोटमै रहेको आर्मीको मेडिकल टिमले उनलाई तत्काल पोखराको मेट्रोसिटी अस्पताल ल्यायो । उनको टाउको र छातीमा चोट थियो । अस्पतालमा उनलाई चिकित्सकले मृत घोषणा गरे ।

पोखराको आकाशसँग चिरपरिचत २६ वर्षीय निसिम अनुभवी पाइलट थिए । उनले १७/१८ वर्षको उमेरमै प्याराग्लाइडिङ सुरु गरेका थिए । भारतमा प्रशिक्षण लिएका उनी विश्व हवाई खेलकुद महासंघ (एफएआई) को लाइसेन्स प्राप्त खेलाडी थिए । भारत, इन्डोनेसिया, कोरिया र चीनमा भएका विभिन्न प्रतियोगितामा उनले सहभागिता जनाइसकेका थिए । पछिल्लोपल्ट पोखरा एड्रेनलाइन प्याराग्लाइडिङमा व्यावसायिक पाइलटका रूपमा कार्यरत थिए ।

निसिमले टेक अफपछि धेरै उचाइ लिन पाएकै थिएनन् । त्यति नै बेला हावाको चाल अस्थिर बन्यो । त्यसले ग्लाइडरको एकापट्टिको भाग खुम्चाइदियो । ग्लाइडर असन्तुलित भयो । ५०/६० मिटरको उचाइबाट अनियन्त्रित हुँदै उनी जमिनमा नराम्रोसँग बजारिए । प्याराग्लाइडिङको भाषामा यसलाई ‘एसिमेट्रिक कोल्याप्स’ भनिन्छ । ‘आकाशमा उड्दा कहिलेकाहीँ हावामा टर्बुलेन्स आउँछ । कहिलेकाहीँ ग्लाइडर खस्छ । फेरि सन्तुलनमा ल्याउन मिल्थ्यो,’ गुरुङ भन्छन्, ‘आफूसँग भएको एक्स्ट्रा प्यारासुट खोल्न मिल्थ्यो । तर उचाइ कम हुँदा न ग्लाइडर नियन्त्रणमा आयो न रेस्क्यु ग्लाइडर फाल्न मिल्यो ।’

क्रस कन्ट्रीतर्फ टिम इभेन्टमा आर्मी, एपीएफ, गण्डकी, वाग्मती र प्रदेश १ सहभागी छन् । पाँच टिमका २० र ३ व्यक्तिगत गरी २३ खेलाडी प्रतियोगितामा सहभागी थिए । शुक्रबारको तालिमका क्रममा निसिम व्यक्तिगततर्फ पहिलो नम्बरमा थिए । शनिबारको टास्कमा उनले आर्मीका लागि व्यक्तिगत ७ सय १०.८ अंक जोडे । २ हजार ४ सय ८ अंकसहित आर्मी दोस्रो स्थानमा थियो भने २ हजार ७ सय ५० अंकसहित गण्डकी पहिलो स्थानमा थियो । व्यक्तिगततर्फ उनी आठौं नम्बरमा थिए । यद्यपि, आइतबार र सोमबारको टास्क पूरा भएपछि मात्रै पदक निर्धारण हुन्थ्यो ।

गोरखाको पालुङटार ठाँटीपोखरीका निसिमको परिवार पोखरा सरेको दुई दशकभन्दा बढी भयो । पृथ्वीनारायण क्याम्पस पोखरामा एम ए समाजशास्त्र दोस्रो सेमेस्टरमा अध्ययनरत निसिम परिवारका एक्ला सन्तान हुन् । उनका बुबा प्रकाश थापा साहसिक गतिविधिमा रुचि राख्छन् । पृथ्वीनारायण क्याम्पस, एसओएस हर्मन माइनरमा प्राध्यापन गरेका उनका बुबाले ‘लाङटाङदेखि लन्डनसम्म’ नियात्रा संग्रह प्रकाशित गरेका छन् । हाल पोखराकै अमरसिंह चोकमा मन्टेश्वरी चलाउँछन् ।

उनका बुबा गोरखाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट लौरो चिह्न लिएर चुनाव लड्दै छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन् ।

 

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित

सर्वाधिक पढिएका

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण
शिक्षा/स्वास्थ्य

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक
खेलकुद

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड
समाचार

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.