Play

पोखरामा १५ औं भाइटीका महोत्सव हुने

गुरुकुल खबर


पोखरा । होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक १० गते १५ औं भाइटिका महोत्सव २०७९ आयोजना गर्ने भएको छ ।

लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा भाइटिका महोत्सव हुने बताईएको छ ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रमा आसा छर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । कोभिड १९ लगायत विविध कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुबेदीले आपसी भाइचार अभिवृद्धि गर्दै पर्यटन पुनरुत्थानमा महोत्सवले सघाउने विश्वास व्यक्त गरे ।

कोभिडकै कारण अघिल्ला दुई बर्ष यस्तो महोत्सव हुन नसके पनि विगत बर्षदेखि यसलाई पुनः निरन्तरता दिन थालिएको महोत्सवका संयोजक एवं संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । महोत्सवका विभिन्न देशका पर्यटकले भाग लिने र कतिपय दोहोर्याएर समेत टिका लगाउन आउने अपेक्षा गरिएको श्रेष्ठले सुनाए ।

तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय लिएको यसप्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको संघले जनाएको छ ।

२८ आश्विन २०७९, शुक्रबार २०:४७ मा प्रकाशित
Nabintech