Play

कांग्रेसको घोषणापत्रमा आर्थिक विकास र समुन्नत नेपालको मार्गचित्र

गुरुकुल खबर


काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि निरन्तरतामा नविनता दिनेगरी घोषणापत्र तयार गरेको जनाएको छ।

स्वर्णीम वाग्लेको संयोजकत्वमा गठित प्रारम्भिक मस्यौदा उपसमितिले घोषणापत्रको मस्यौदा तयार पारेको हो।

कांग्रेस सहमहान्त्री जीवन परियारले घोषणापत्रमा आर्थिक सुशासन, युवा रोजगारी र उद्यमशिलताका विषयहरु समेटिएको बताए।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको हो। परीयारले भने, ‘आर्थिक विकास र समुन्नत नेपालको मार्गचित्र’ समेटिएको छ। पहिलो खण्डमा राजनीतिक मुद्दाबारे धारणा राखिएको छ।’

त्यस्तै घोषणापत्रमा ५ वर्षको मार्गचित्र समुन्नत नेपाल कसरी बनाउने भन्ने एजेन्डा समावेश भएको छ।

बैठकमा घोषणापत्र लेखन समितिका संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौदा पेस गरेका थिए। शर्माको संयोजकत्वमा ४१ सदस्यीय समिति बनेको थियो।

 

२८ आश्विन २०७९, शुक्रबार २०:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा