Play

नवौं राष्ट्रिय खेलकुदः शनिबारबाट टेवल टेनिश खेल हुदै

गुरुकुल खबर


पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शनिबारदेखि टेबल टेनिस खेल हुँदैछ ।

कोल्मा बहाकोट समाजघरको खेलमैदानमा हुने प्रतियोगितामा सातवटै प्रदेशका सात टिमसंगै विभागीय टिम नेपाल आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरी र एनआरएन ए टिमले सहभागिता जनाउने कास्की जिल्ला टेवल टेनिस संघका अध्यक्ष एवम् गण्डकी प्रदेशका मुख्य प्रशिक्षक उत्तम जोशीले जानकारी दिए ।

अर्का मुख्य प्रशिक्षक संजीव ढुंगेलका अनुसार सात इभेन्टमा प्रतियोगिता हुनेछन् । प्रतियोगितामा मेन तथा वुमन सिंगल, वुमन तथा मेन टिम इभेन्ट, मेन्स डबल, वुमन्स डबल र मिक्स डबल इभेन्टमा प्रतिष्पर्धा हुनेछन् ।

शनिबार हुने उदघाटन समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ रहनेछन् भने कार्यक्रमको उदघाटन कोल्मा बहाकोट तमु समाजका जेष्ठ नागरिकहरुद्धारा गरिने अखिल नेपाल टेबल टेनिस संघका केन्द्रिय अध्यक्ष चतुरानन्दराज वैद्यले जानकारी दिए ।

प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र १४ कास्यकालागि १०८ जना खेलाडीबीच प्रतिष्पर्धा हुनेछ ।

२८ आश्विन २०७९, शुक्रबार १९:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा