Play

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङको महिला टिम इभेण्ट फोयलमा एपिएपलाई स्वर्ण

गुरुकुल खबर


पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार फेन्सिङको महिला टिम फोयलमा एपिएफले बागमतीलाई हराउदै स्वर्ण पदक जितेको छ । एपिएफ ४५–३६ अंकले पछि पार्दै एपिएफले स्वर्ण जितेको हो । एपिएफको यो फेन्सिङ दोस्रो स्वर्ण पदक हो ।

पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा बागमतीले रजत पदकमा चित्त बुझाउँदा गण्डकी प्रदेश र आर्मीले कास्य पदकमा चित्त बुझाए ।

फेन्सिङको अंक तालिका अनुसार बागमती प्रदेश र्शिष स्थानमा छ । बागमतीले ४ स्वर्ण, २ रजत सहित ६ पदक प्राप्त गरेको छ । त्यसै गरी आर्मीले ३ स्वर्ण, ५ रजत र ७ कास्य सहित १५ पदक प्राप्त गरेको छ ।

शसस्त्र प्रहरी २ स्वर्ण, ३ रजत र ६ कास्य सहित ११ पदका साथ तेस्रो स्थानमा छ । सुदुरपश्चिम प्रदेश १ स्वर्ण २ कास्य सहित ३ पदक जितेको छ । त्यसै गरी प्रदेश १ ले ३ कास्य सहित पाँचौ स्थानमा रहेको छ भने गण्डकी प्रदेश २ कास्य पदक प्राप्त गरेको छ ।

 

२७ आश्विन २०७९, बिहीबार १९:४९ मा प्रकाशित
Nabintech