Play

कास्कीमा विभिन्न राजनीतिक दल र स्यतन्त्रका गरि एक सय आठ जना चुनावी मैदानमा (उमेदवारको नामावली सहित)

गुरुकुल खबर


पोखरा , कास्कीमा नेपाली कांग्रेस सहितको गठबन्धनका दलहरु र नेकपा एमाले सहित अन्य दलहरु एवं स्वतन्त्रको तर्फबाट आसन्न निर्वाचनका लागि उमेदवारी दर्ता भएको छ ।

कास्कीको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको लागि गठबन्धनका दलहरुको तर्फबाट नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बराल र नेकपा एमालेको तर्फबाट एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुडंको उमेदवारी दर्ता भएको छ भने क्षेत्र नं २ को प्रतिनिधि सभाको लागि नेकपा एमालेको तर्फबाट विधा भट्टराई र गठबन्धनका तर्फबाट नेकपा एसका श्रीनाथ बरालले उमेदवारी दर्ता गराएका छन ।

यसैगरि कास्की क्षेत्र नं ३ बाट प्रतिनिधिभाको लागि गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रका राम्जी बराल र नेकपा एमालेको तर्फबाट दामोदर बैरागीले उमेदवारी दर्ता गराएका छन ।

प्रदेश सभा तर्फ क्षेत्र नं १ को क मा गठबन्धनका उमेदवार नेकपा माओबादी केन्द्रका दिपक कोईराला र नेकपा एमालेका उमेदवार पूर्व मन्त्री खगराज अधिकारीका बिचमा तथा १ को प्रदेश ख मा नेपाली कांग्रेसका दिपक गुरुडं माईला र नेकपा एमालेका बेद बहादुर गुरुडं श्यामका बिचमा मुख्य प्रतिस्पर्धा हुनेछ ।

क्षेत्र नं २ को क मा गठबन्धनका उमेदवार विश्व प्रकाश लामिछाने र नेकपा एमालेका उमेदवार भिम कार्कीका बिचमा र २ को ख मा नेपाली कांग्रेसका बिन्दु थापा र नेकपा एमालेकी मिना गुरुडंका बिचमा मुख्य प्रतिस्पर्धा हुने भएको छ ।

यसैगरि क्षेत्र नं ३ को क मा नेकपा एमालेका गणेशमान गुरुडं र नेकपा माओबादीका दामोदर भण्डारी तथा ३ को ख मा नेकपा एमालेका राजीव पहारी र नेपाली कांग्रेसका प्रकाश बरालको बिचमा मुख्य प्रतिष्पर्धा हुने देखिन्छ ।

राप्रपा नेपालले महेन्द्र खत्री र राप्रपाले सुर्य बहादुर गुरुडंलाई तथा राष्ट्रिय स्वतन्त्र पार्टीले राजु राईलाई कास्की -१ बाट प्रतिनिधि सभाको उमेदवार बनाएको छन भने कास्की २ मा राप्रपा नेपालले अजय विश्वकर्मा , नेपाल मज़दूर किसान पार्टीले पशुपति प्रजापति , राष्ट्रिय स्वतन्त्र पार्टीले माधव प्रसाद कंडेल , राष्ट्रिय प्रजातन्त्र पार्टीले सुवर्ण राज पन्तलाई प्रतिनिधि सभाको लागि उमेदवार बनाएको छन ।

कास्की -३ मा राप्रपाबाट जगत प्रसाद सुबेदी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट योगराज पौडेल, राप्रपा नेपालबाट राजाराम दाहाल लगायतलै प्रतिनिधि सभाको लागि उमेदवारी दर्ता गराएका छन ।

कास्कीको क्षेत्र नं १ मा १७ जना , १ को प्रदेश क मा ९ जना र १ को ख मा ८ जनाको उमेदवारी परेको छ भने क्षेत्र नं २ मा १८ जना , २ प्रदेश को क मा ११ जना , ख मा ९ जना एवं कास्की ३ को प्रतिनिधि सभाका लागि १८ जना , प्रदेश क का लागि १० जना  र प्रदेश ख का लागि ८ जना गरि जम्मा १ सय ८ जना विभिन्न राजनीतिक दल र स्यतन्त्रका गरि चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै छन /

एमालेकाे तर्फबाट प्रस्तावित मुख्यमन्त्री खगराजको प्रदेश सभामा उम्मेदवारी

गण्डकी प्रदेशकाे भावी मुख्यमन्त्रीका रुपमा हेरिएका नेकपा एमालेका नेता खगराज अधिकारीले आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । कास्की क्षेत्र नम्बर १ ‘क’ मा चुनाव लड्न उनले मनोनयन दर्ता गराएका हुन् । अधिकारीको प्रस्तावकमा टिकाराम पंगेनी छन् भने समर्थकमा कालिदास सुवेदी छन् ।

अधिकारी गण्डकी प्रदेश सभामा एमालेकाे तर्फबाट प्रस्तावित मुख्यमन्त्री हुन् । यसअघि एमालेबाट मुख्यमन्त्री बनेका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई पार्टीले संघमा टिकट दिएपछि उनी मुख्यमन्त्रीको दाबेदारी सहित प्रदेश झरेका हुन् ।

पूर्व स्वास्थ्यमन्त्री एवं गृहमन्त्री भैसकेका अधिकारीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले नै मुख्यमन्त्री बन्ने गरी प्रदेश सभामा टिकट दिएका हुन् ।

राप्रपाको एमालेसँग तालमेलको प्रयास असफल भएपछि सबै क्षेत्रमा उम्मेदवारी

राष्ट्रिय प्रजातन्त्र पार्टीले कास्कीका ३ वटा प्रतिनिधी सभा र ६ वटा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएको छ । एमालेसँग तालमेलको प्रयास असफल भएपछि सबै क्षेत्रमा उम्मेदवारी दिएको राप्रपाले जनाएको छ ।

प्रतिनिधी सभातर्फ कास्की– १ मा डाक्टर सुर्यबहादुर गुरुङ, प्रदेश सभा कमा बाबुराम थापा र खमा डाक्टर महेन्द्रबहादुर कार्कीले उम्मेदवारी दिएका छन् । कास्की– २ मा प्रतिनिधी सभा सदस्यका लागि सुवर्णराज पन्त, प्रदेश क मा विजयबहादुर भण्डारी र खमा अरुण गिरीले उम्मेदवारी दिएका छन् । कास्की–३ मा प्रतिनिधी सभा सदस्यका लािग जगतप्रसाद सुवेदी, प्रदेशसभा कमा केदारनाथ अधिकारी र खमा हरिराम भण्डारीले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी फिर्ता लिने समयसम्म एमालेसँग तालमेल प्रयास जारी राख्ने र तालमेल नभए एक्लै निर्वाचनमा जाने राप्रपा कास्कीका प्रवक्तासमेत रहेका कास्की–२ खका उम्मेदवार अरुण गिरीले जानकारी दिए । राप्रपाले गत स्थानीय निर्वाचनमा कास्कीबाट करिब ६ हजार मत पाएको थियो ।

टुरिष्ट उम्मेदवार बनाएको भन्दै माओवादी  प्रदेश कमिटीका सदस्य सहित ३७ जनाको सामूहिक राजिनामा

नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ क मा टुरिष्ट उम्मेदवार बनाएको भन्दै प्रदेश कमिटीका सदस्य सहित ३७ जनाले सामूहिक राजिनामा दिएका छन् । गण्डकी प्रदेश कमिटी सदस्य नवराज भण्डारी, भोजराज पौडेल, राजु शर्मा तिमिल्सिना लगायतका नेताहरुले सामूहिक राजिनामा दिएका हुन् ।

३ को क मा पर्ने माओवादीका माछापुच्छे« गाउँपालिका उपाध्यक्ष गोपाल पोखरेलले पनि राजिनामा दिएका छन् । माओवादी पोखरा महानगरपालिकाका उपाध्यक्ष भानुभक्त अधिकारीले पनि राजिनामा दिएका हुन् । राजिनामा पत्रमा उनीहरुले ३ नम्बरमा क्षेत्रमा रहेका प्रदेश कमिटी, पालिका कमिटी सदस्य, वडा कमिटी अध्यक्षहरुले रहेको बताएका छन् ।

‘प्रदेश ३ क को उम्मेदवार प्रदेश ३ ख बाट उम्मेदवार ल्याएर पार्टीले टिकट दिएको कारणले हामी सम्पूर्ण उपस्थित कमरेडहरुले संयूक्त राजिनामा दिएका छौं,’ पत्रमा उल्लेख छ । गठबन्धन तर्फबाट माओवादीले कास्की ३(क)मा दुर्गादत्त भण्डारीलाई उम्मेदवार बनाएको छ ।

उनको उम्मेवारी प्रति माओवादी कार्यकर्ता असन्तुष्टि बनेका हुन् ।

 

नेकपा एमालेका नेता जगननाथ बास्तोलाले कास्की ३ मा स्वतन्त्र उम्मेदवारी

नेकपा एमालेका कास्की नेता जगननाथ बास्तोलाले कास्की क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । कास्की ३ मा एमालेले दामोदर बैरागीलाई उम्मेदवार बनाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । यस क्षेत्रबाट उनको नाम पनि केन्द्रमा सिफारिस भएको थियो । तर टिकट बैरागीले पाएपछि बास्तोलाले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।

यसअघिका तीन निर्वाचनमा पनि नाम गएको र अन्तिममा काँटिदै आएको र अहिलेपनि काटिएपछि स्वतन्त्र उम्मेदवारी दिएको बास्तोलाले बताए ।  ‘म गुट हैन, एमाले पार्टी हो भनेर काम गरें । अहिले गुटकै सिकार भएँ,’ उनले  भने, ‘म कसैलाई हराउन बागी उठेको होइन, स्वतन्त्र उठेको हुँ ।’ उनी एमाले गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य हुन् ।

कांग्रेस नेता महादेव गुरुङ कास्की  क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार

पार्टी नेतृत्वको सत्ता गठबन्धनका विरुद्ध विद्रोह गर्दै नेपाली कांग्रेसका पुराना नेता महादेव गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।
गुरुङले प्रतिनिधि सभा तर्फ कास्की जिल्ला निर्बाचन क्षेत्र नम्बर २ बाट उमेद्वारी दिएका हुन् । गुरुङको प्रस्तावक बाल गोपाल श्रेष्ठ र समर्थकमा सूर्यप्रसाद लमसाल छन् ।

यो निर्बाचन क्षेत्र सत्ता गठबन्धनको भागबण्डामा नेकपा एकिकृत समाजवादीको भागमा परेको छ । सत्ता गठबन्धनबाट नेकपा एसका श्रीनाथ बरालले टिकट पाएका छन् ।

उनल आफ्नो उम्मेदवारी गठबन्धन विरुद्धको विद्रोह गर्दै भएको बताए । उनले भने, ‘मुलुक बचाउनका लागि मैलै चुनाव लड्नै पर्ने भयो । विपीले भन्नु भएको सम्झे, जब मुलुक संकटमा पर्छ त्यो बेला मुठी माटो हातमा लिएर त्यो माटोलाई सोध, माटोले जे भन्छ त्यही गरें । मैले यसै गरे र माटोले मलाई निर्बाचन लड्न आदेश दियो । मेरो उमेद्वारी मुलुक जोगाउन र हिन्दु राज्य पुनस्थापना गर्नका लागि हो ।’

तस्विर- तिर्थ केसी

निर्वाचन कार्यालय पुगेर राजनीतिक दलको तर्फबाट र स्वतन्त्ररुपमा उमेदवारी दर्ता गराउनेहरुको नामावली यस प्रकार छ ।

२४ आश्विन २०७९, सोमबार ११:२२ मा प्रकाशित
Nabintech