तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, February 5, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन असोज २८ मा, भलिबल र फुटबलको खेल हेर्न पैसा तिर्नुपर्ने

गुरुकुल खबर गुरुकुल खबर
२०७९ अशोज २२ मा प्रकाशित
in खेलकुद, Breaking News, गण्डकी प्रदेश, विशेष, समाचार
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन असोज २८ मा, भलिबल र फुटबलको खेल हेर्न पैसा तिर्नुपर्ने
47
SHARES
188
VIEWS
Share on FacebookShare on Twitter

रीता गुरुडं / गुरुकुल खवर

पोखरा ,  पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।  लगातारको वर्षाका कारण र चाडवाडका कारण तयारी गर्ने समयमा कठिनाई थपिएपनि निर्धारित मिति सम्ममा तयारी पुरा हुने गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुडंले गुरुकुल खवरलाई जानकारी दिए ।

२०४० सालमा दोश्रो राष्ट्रिय खेलकुद प्रतियोगिता भएको ३९ वर्ष पछि नवौं संस्करणको प्रतियोगिता यस पटक हुन लागेको हो । प्रत्येक २ वर्षमा प्रतियोगिता गर्ने भनिएपनि विविध कारणबाट प्रतियोगिता हुनमा ढिलाई हुने गरेको छ ।

२०३८ मा काठमाडौमा पहिलो , २०४० मा पोखरामा दोश्रो , २०४२ मा विरगंजमा तेश्रो , २०५५ मा नेपालगंजमा चौथो, २०६५मा काठमाडौमा पांचौ , २०६८ मा धनगढी र महेन्द्रनगरमा छैटौ , २०७३ मा विराटनगरमा आठौ पछि यस पटक नवौं प्रतियोगिता पोखरामा हुन लागेको हो ।

प्रतियोगितामा ३६ खेल , ७९८६ खेलाडी, ६८ प्रशिक्षक , ४९ टिम म्यानेजर रहने छन भने ४०४ स्वर्ण र १३८६ पदकको व्यवस्था गरिएको छ । गण्डकी प्रदेशको ८ जिल्ला कास्की , तनहु , पर्वत, गोरखा, स्याडंजा, नवलपुर , म्याग्दी र बाग्लुगंकामा विभिन्न खेलहरु हुनेछन ।

७ वटा प्रदेश , ३ विभागिय र १ ग़ैर आवासिय नेपालीहरुको टिम गरि ११ टिमले विभिन्न प्रतियोगितामा भाग लिने छन । गण्डकी प्रदेशले ३६ वटै खेलमा सहभागिता जनाउने भएको छ ।

यसै बिच गण्डकी प्रदेश खेलकुद परिषदले शनिवार पोखरामा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि प्रतियोगिताको तयारी बारेमा समेत जानकारी गराएको छ । पोखरा महानगर पालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा पोखरा स्थित विभिन्न संघ संस्थापकों प्रमुख तथा प्रतिनिधिहरु सहित विभिन्न खेल हुने वडाका वडाध्यक्षहरु र विभिन्न खेल संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

त्यस कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अभियानमा जुट्न पोखरेलीहरु संग आग्रह गरेका छन् ।  “हामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिातको संघारमा छौं । गण्डकी प्रदेश आयोजक प्रदेश भएको नाताले पनि प्रतियोगिता सफल बनाउने जिम्मेवारी यहाँहरुको काँधमा छ,” उनले भने–“म गण्डकी प्रदेशवाशीलाई यो अभियानमा जुट्न आग्रह गर्दछु ।”

नेपालको खेलकुद ऐन कार्यान्वयन भए संगै संघियताको मोडलमा पहिलो पटक नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भइरहेको बताउँदै सदस्य सचिव घिसिङले पनि यो प्रतियोगिताको महत्व छुट्टै रहेको बताए ।

उनले भने–“हामी नयाँ खेलकुद विकास ऐनको जगमा उभिएर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्दैछौंं त्यसैले पनि यसको महत्व र मर्म बारे बुझ्न आवश्यक छ ।” नवौं राष्ट्रिय प्रतियोगिताको अन्तिम तयारी भइरहेको बताउँदै यहाँ आउने खेलाडीहरुलाई न्यानो आतिथ्यताको सन्देशको छाप छोड्न पनि उनको आग्रह थियो ।

असोज २३ गते बाट नै औपचारिक रुपमा नवौं राष्ट्रिय खेलकुदका प्रतियोगिताहरुको सुरुवात हुने जानकारी दिंदैं सदस्य सचिव घिसिङले असोज २८ गतेको उद्घाटन समारोह तथा कार्तिक ३ गते हुने समापन समारोहमा पोखरा रंगशालामा आउन आह्वान र खेलाडीहरुलाई प्रोत्सहान गर्न आग्रह गरे ।

उनले राष्टिय प्रतियोगिता अन्तर्गत हुने खेलहरु अवलोकनका लागि कुनै टिकटको व्यवस्था नगरिए पनि भलिबल र फुटबलको सेमीफाइनल देखिका खेलहरुको भने टिकटको व्यवस्था गर्न लागिएको जानकारी दिए ।

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता ३९ वर्ष पछि पुनः गण्डकीले आयोजना गर्न पाउनु गौरवको कुरा रहेको बताउँदै उनले यसको सफलतामा पोखरेलीहरुको पनि उत्तिकै ठूलो सहयोग र सहभागिता रहेको खाँचो रहने औाल्याए ।

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघ का पुर्व केन्द्रीय उपसभापति गंगाधर पराजुलीले पोखरा महानगरका विभिन्न १३ वडामा विभिन्न खेल हुने भएकोले आम सर्वसाधारण, क्लव र टोल विकास संस्थाको समेत अपनत्व हुनेगरि खेल प्रतियोगिता संचालन गर्न सके राम्रो हुने सुझाव दिए ।

यसैगरि पोखरा महानगर १४ का वडाध्यक्ष बोधराज कार्की , वडा नं ३ का अध्यक्ष प्रकाश उदास , पोखरा पर्यटन परिषदका महासचिव संजय कान्त सिग्देल र संघ संस्था समन्वय समितिका निरज थापा लगायतले आआफ्नो भनाई सहित विभिन्न सुझाव दिएका थिए ।

कार्यक्रममा पोखराका विभिन्न वडाहरुमा आयोजना हुने वडाहरुका वडाध्यक्षहरु, उद्योगी र पर्यटन व्यवसायीहरु, विभिन्न संघ–संस्था, प्यावसन, एनप्यावसन, हिसान, वित्तिय संस्थाका प्रतिनिधीहरुलगायतको सहभागिता रहेको थियो ।

विभिन्न उपसमितिका संयोजक तथा सचिवहरुको  बैठक

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले सवै एक भएर राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न आग्रह गरेका छन् । गण्डकी प्रदेशको पोखरामा यहि आश्विन २८ देखि कार्तिक ३ गते सम्म आयोजना हुने नवौं राष्ट्रिय प्रतियोगताका लागि गठित विभिन्न उपसमितिका संयोजक तथा सचिवहरुको पोखरामा भएको बैठकलाई सम्बोधन गर्ने क्रममा सदस्य सचिव घिसिङले उक्त आग्रह गरेका हुन् ।

विभिन्न उपसमितिका कार्यहरुको प्रगती विवरणको जानकारी लिने क्रममा आयोजना गरिएको बैठकमा सदस्य सचिव घिसिङले सवैको सहयोग र सहकार्यले मात्र राष्ट्रिय प्रतियोगिता सफल हुने बताए ।

विविध कारणले भौतिक रुपमा बैठकमा उपस्थित हुन नसकेका उपसमितिका संयोजक र सचिवहरुका लागि जुम मार्फत बैठकमा सहभागिता जनाउन सहज गरिएको बैठकमा सवैले आआफ्नो कार्यको प्रगती विवरण प्रस्तुत गरेका थिए ।

तस्विर -तिर्थ केसी

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.