Play

मनास्लु हिमालमा हिम पहिरो, कम्तिमा १५ जना घाइते

गुरुकुल खबर


गोरखा । चुमनुब्री गाउँपालिका(१ स्थित मनास्लु हिमालको हिमपहिरोमा १५ जनाभन्दा धेरै घाइते भएका छन्। सोमबार अपरान्ह १२ बजे झरेको हिमपहिरो परी उनीहरु घाइते भएको इमेजिन नेपाल एक्स्पिडिशन प्रालिका राजेन्द्र ठकुरीले जानकारी दिए।

चौथो शिविरमा अक्सिजनलगायतका आत्यावश्यकीय सामान पुर्‍याउन गएका इमेजिन नेपालका पाँच जनासहित १५ जनाभन्दा बढी घाइते भएका उनले बताए। सो कम्पनीका दावा शेर्पा, फुरिता शेर्पा, निमा दोर्जे शेर्पा, लाक्पा तामाङ र जीतबहादुर शेर्पा छन्। उनीहरुमध्य जीतबहादुर र निर्मा दोर्जेको गम्भीर घाइते छन्।
किलर माउण्टेन भनेर चिनिने ८,१६३ मिटर अग्लो मनास्लु आरोहणका लागि यस सिजनमा पर्यटन विभागबाट चारसय भन्दा धेरै आरोहीले अनुमति लिएका छन्। केहीले सफल आरोहण गरिसकेका छन् भने अधिकांश आरोहीहरु आरोहण गर्ने क्रममा छन्।

मनास्लु हिमालमा केहीदिनदेखि ठूलो हिमपहिरो झर्न थालेको छ।

१० आश्विन २०७९, सोमबार १९:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा