Play

स्थायी प्राध्यापक मञ्च जनप्रियद्धारा शुुभकामना कार्यक्रमको आयोजना

गुरुकुल खबर


 

पोखरा । जनप्रिय बहुमुखी क्याम्पस पोखराले आउँदै गरेको दसैं, तिहार, नेपाल संवत र छठ पर्वको अवसर पारेर आईतबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्यो ।
स्थायी प्राध्यापक मञ्च जनप्रिय बहुमुखी क्याम्पस एकाई समितिको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो ।
शुुभकामना मन्तव्य व्यक्त गर्दै क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष वीरबहादुर अधिकारीले शैक्षिक संस्थालाई गतिशील र जीवन्त बनाउन प्राध्यापक तथा कर्मचारीको भूमिका अहम् हुनेका साथै आफ्नो कर्तव्य सही तरिकाले निर्वाह गरेमा क्याम्पसको उन्नति र प्रगति हुने विश्वास व्यक्त गरे ।

क्याम्पस प्रमुख लोेकराज भण्डारीले पेसागत मर्यादालाई ख्याल गर्दै गुणस्तरमा सम्झौता नगर्न आग्रह गर्दै मानित विश्वविद्यालयतर्फ उन्मुख क्याम्पसको साख कायम राख्ने दायित्व शिक्षक, कर्मचारी र विद्यार्थीको सहकार्यबाट मात्र निर्वाह हुने बताए ।

क्याम्पस सञ्चालक समिति सदस्य सोमनाथ बरालले ३१ वर्षदेखि समुदायमा आधारित क्याम्पसले आर्जन गरेको गरिमा गौरव गर्न लायक भएको बताए ।
क्याम्पस व्यवस्थापन समिति सदस्य जनकराज पराजुलीले सामुदायिक क्याम्पसको गुणस्तर कायम राख्न शिक्षक कर्मचारीको अहम् भूमिका हुने बताए ।

मञ्चका सभापति टोपलाल खनालको सभापतित्वमा भएको कार्यक्रममा अंग्रेजी विभाग प्रमुख राजेन्द्र पौडेलले पनि शुृभकामना मन्तव्य व्यक्त गरेका थिए ।

जनप्रिय बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धन र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर मान्यता प्राप्त गरेको छ । आफ्नै पहलमा पाठ्यक्रम तयार गरी स्वायत्त कार्यक्रम अन्तर्गत एमबिए इन हस्पिट्यालिटी र स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन बिएमटिएम शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

क्याम्पसमा प्रात र दिवा सत्रमा ५ हजार ५ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । जनप्रियले देशभरिका १ हजार ९६ सामुदायिक क्याम्पसमध्ये २०७२ र २०७३ मा शिक्षामन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ ।

९ आश्विन २०७९, आईतवार १९:४५ मा प्रकाशित
Nabintech