Play

पोखरा उच्च अदालत बार एसोसिएसन कास्कीको सभाहल उदघाटन

गुरुकुल खबर


पोखरा । पोखरा उच्च अदालत बार एसोसिएसन कास्कीद्धारा निर्मित सभाहलको शुक्रबार एक कार्यक्रमका बीच उदघाटन गरिएको छ ।

सभाहलको नेपाल बार एशोसियसनका केन्द्रीय अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले उदघाटन गरेका थिए ।

सोही कार्यक्रममा वरिष्ठ अधिवक्ताको उपाधी प्राप्त न्यायाधिसहरुलाई सम्मान गर्नुका साथै आउँदै गरेको विजया दशमी, दिपावली र छठ पर्वको अवसरमा शुुभकामना आदान–प्रदान गरिएको थियो ।

वरिष्ठ अधिवक्ताहरु माधव राज बास्तोला, मुकुन्द राज अर्याल, मोहन राज कोइराला, दामोदर अधिकारी, जगन्ननाथ ढकाल, खगेन्द्र राज आचार्य, विष्णु कुसन भुजेल, सुरेन्द्र थापा मगर र जनक बहादुर बोहोरालाई सम्मान गरिएको थियो ।

बारका अध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसोसियसनका उपाध्यक्ष दिपकराज पौडेल र सचिव सन्तोष अधिकारीले पनि आफ्नो भनाई राखेका थिए ।

सो सभाहल गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट प्राप्त ३० लाख रुपैँया र बारको रकम गरी ३१ लाख ७८ हजार चार सय ८१ रुपैँयाको लागतमा निर्माण सम्पन्न गरिएको सचिव अधिकारीले जानकारी दिए ।

सभाहल निर्माणको क्रममा बारका कार्यसमिति सदस्य एंव निर्माण समितिका संयोजक अधिवक्ता अन्नतप्रसाद कोइरालाको संयोजत्वमा सात सदस्यिय निर्माण समिति गठन तथा बारका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा ५ सदस्य अनुगमन समिति निर्माण गरिएको थियो ।

७ आश्विन २०७९, शुक्रबार २०:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा