Play

१० हजार शोधग्रन्थ र पुस्तक सहित पिएन क्याम्पसमा नेपाली विभागको आफ्नै पुस्तकालय

गुरुकुल खबर


पोखरा । पृथ्वीनारायण क्याम्पस नेपाली विभागले आफ्नै विभागमा आफ्नै पुस्तकालय सञ्चालनमा ल्याएको छ । भौतिक विकास मन्त्रालयको १० लाख रुपैया सहयोगका साथै विभागको आफ्नै मेहनत र लगानीमा संचालनमा आएको उक्त पुस्तकालयको एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुमार खड्काले पुस्तकालयको उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै मन्त्री खड्काले विश्वमा अहिले कुनै पनि विषयको सूक्ष्मरुपमा अध्ययन, अनुसन्धान गर्ने परिपाटी रहेको र शैक्षिक उन्नयनका लागि नेपाली विभागले देखाएको गम्भीरताप्रति खुशी व्यक्त गरे । उनले प्राध्यापकहरुले शिक्षाको विकासमा ‘विभागीय प्रतिष्पर्धा’ गर्न आवश्यक रहेको समेत बताए ।

कार्यक्रमको सभापति एवं विभागीय प्रमुख प्रा.डा.कुसुमाकर न्यौपानेले विभागमा आएदेखि आफुले दिनरात गरेको मिहिनेत सार्थक भएकोमा खुशी व्यक्त गरे । विभागिय प्रमुख न्यौपानेले आफुले देखेको सपना पुरा गर्न सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई आभार व्यक्त गरे ।

विदेशका विश्वविद्यालय भ्रमणका दौरान विभागीय पुस्तकालय देख्दा पिएनमा पनि यस्तै भइदिए भन्ने कल्पना गरेको बताउँदै आफु कार्यरत विभागमै इच्छाएको काम गर्न पाउँदा खुशी लागेको प्रमुख न्यौपानेको धारणा छ । उनले भने ‘यहाँ विभिन्न शोधार्थीले गरेका शोध र सम्बन्धित थेसिस पनि राखिएका छन्, अब अनुसन्धानमा लाग्ने विद्यार्थीले सन्दर्भ सामग्री खोज्न कतै भौतारिन पर्ने छैन ।’

पुस्तकालयमा करिब १० हजार शोधग्रन्थ र पुस्तक रहेका छन् । कार्यक्रममा पुस्तकालयलाई सहयोग गर्ने लायन्स क्लब, अलिमियाँ लोक वाङ्मय प्रतिष्ठानलगायतलाई सम्मान गरिएको थियो ।

२६ भाद्र २०७९, आईतवार २३:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा