Play

पोखरा -२३ चापाकोटका सामाजिक व्यक्तित्व देबिरमणको निधन, दुईसातामा पाँच जनाको निधनले गाउँमा शोक

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा न- २३ चापाकोटको औसेलुचौरका सामाजिक एबम राजनीतिक व्यक्तित्व देबिरमण चापागाईंको ८२ बर्षको उमेरमा शुक्रबार बेलुका निधन भएको छ। करिब एक महिनादेखि अस्वस्थ रहेका चापागाईं केहि दिन देखि अस्पतालमा उपचार गराउने र पोखराको लेखनाथस्थित जेठा छोरा तिर्थराज चापागाईंको निवासमा बस्दै आएका थिए।

शुक्रबार बेलुका गम्भीर बिरामी भएपछि उनलाई उपचारको लागि गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लैजाँदै गर्दा उनको बाटोमा नै निधन भएको बताइएको छ।

त्यस क्षेत्रका जेष्ठ नागरिक समेत रहेका उनले स्थानीय पंचकोशी निमाबिको ब्यबस्थापन समितिको विभिन्न जिम्मेवारीमा रहेर बिद्यालयको भौतिक एबम शैक्षिक बिकासमा योगदान गरेका थिए।  उनले पंचकोशी कृषि सहकारी लगायतका विभिन्न संस्थामा समेत आबद्द रहेर काम गरेका थिए ।

बिगतमा उनले राजनीतिमा समेत बिशेष चासो लिने गरेको थिए । आफ्ना कुरा निर्धक्क राख्न सक्ने चापागाईंको निधनले त्यस क्षेत्रले एक सामाजिक अगुवा गुमाएको चापाकोट पोखरा सेवा समाजका अध्यक्ष विश्वेश्वर पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए।

स्व चापागाईंकी धर्मपत्नी, दुई छोराहरु तिर्थराज चापागाईं र कृष्ण चापागाईं र छोरीहरु धनकुमारी र लक्ष्मी रहेको समाजका सचिब दिपक प्रसाद पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए । उनकी जेठी छोरी गंगाको भने केहि बर्ष अगाडी नै निधन भएको थियो ।

पछिल्लो दुई साताको अबधिमा चापाकोटको औसेलुचौर र घडेरी सहित ठुलाखेतका पांचजनाको निधन भएकोमा स्थानीयहरुमा एकपछि अर्को शोक थपिएको स्थानीय माधब चापागाईंले बताए ।

उनका अनुसार चापाकोटको औसेलुचौरका सामाजिक एबम धार्मिक व्यक्तित्व समेत रहेका पुर्ब शिक्षक टेकनाथ पराजुली र धार्मिक एबम सामाजिक व्यक्तित्व लिलावती चापागाईको साथै चापाकोटको घडेरी निबासी धार्मिक व्यक्तित्व इता कुमारी पराजुली र चैनपुर ठुलाखेतका सामाजिक व्यक्तित्व चुडामणी पराजुलीको केहि दिनको अन्तरालमा निधन भएको छ ।

२१ असार २०८२, शनिबार १८:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा