Play

फराकिलो मतान्तर सहित पवन पोउवासंघको अध्यक्ष निर्वाचित, कार्यसमितिमा पनि बहुमत

गुरुकुल खबर


पोखरा। पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनबाट अध्यक्षमा पवन प्रजापति निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्धन्दि अर्जुन पोखरेललाई पराजित गर्दै प्रजापति पोउवासंघको ३४ औं अध्यक्ष निर्वाचित बनेका हुन् । प्रजापतिले कुल १ हजार ६ सय १३ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्धन्दि अर्जुन पोखरेलले ८ सय ९७ मत प्राप्त गरे ।

संघको वरिष्ठ उपाध्यक्षमा प्रजापति प्यानलकै गोकर्ण कार्की विजयी भएका छन्। कार्कीसंग पोखरेल प्यानलबाट हरिहर सापकोटा प्रतिस्पर्धी थिए ।

उद्योगतर्फको उपाध्यक्ष देवेन्द्र केसी १७ सय ९१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी हिरामणि पण्डितले ७२० मत ल्याए । वाणिज्यतर्फको उपाध्यक्षमा पवन प्यानलका उत्तममान बुद्धाचार्य विजयी भएका छन् । विजयी बुद्धाचार्यले ९ सय ६९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र रुपमा शोवित पौडेलले ८७८ र अर्की प्रतिस्पर्धी पोखरेल समुहका कुमारी मुना बाँस्तोलाले ६४८ मत प्राप्त गरिन् ।

त्यसै महासचिवमा पनि पवन प्यानलबाटै उम्मेदवारी दिएका बलराम आचार्य निर्वाचित भएका छन् । आचार्यले ९ सय १० मत प्राप्त गरी विजयी भए भने आचार्यका प्रतिस्पर्धी केशवबहादुर खत्रीले ८ सय २९ र स्वतन्त्र तारानाथ ढुंगानाले ७सय ६९ मत प्राप्त गरेका थिए ।

त्यस्तै कोषाध्यक्षमा पनि प्रजापति प्यानलबाटै उम्मेदवारी दिएका दिनेशचन्दै बाँस्तोला निर्वाचित भएका छन् । उनीले अर्जुन प्यानलका हरिराज पन्तसँग प्रतिस्पर्धा गरेका थिए । बाँस्तोलाले १५ सय ९९ र प्रतिस्पर्धी हरिराज पन्तले ९०५ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपमहासविच पदका लागि भएको निर्वाचनमा अर्जुन प्यानलका हर्कबहादुर अधिकारीलाई पछाडि पार्दै पवन प्यानलकी शोभा गौतमले जित हात पारिन् । १७ सय ५५ मत प्राप्त गरी गौतम विजयी बनेकी हुन् भने प्रतिस्पर्धी अधिकारीले ७ सय ५८ मत प्राप्त गरेका थिए।

सदस्यहरुमा प्रभा सुवेदी, बालकृष्ण कोईराला, भरत केसी, सुदीप प्रधानांग, कृष्णप्रसाद कोईराला, दिलिपकुमार श्रेष्ठ, भीम गौतम, माधव वस्ताकोटी, मनोजकुमार श्रेष्ठ, र सुदीप ओझा निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरुमध्ये ६ जना पवनकुमार प्रजापति समूहका हुन् भने बाँकी ४ जना अर्जुन पाखरेल समूहका हुन् ।

२६ भाद्र २०७९, आईतवार २०:३९ मा प्रकाशित
Nabintech