Play

लेकसाइड पोखरामा हारमोनी क्याफे संचालनमा

गुरुकुल खबर


पोखरा । पोखरा महानगर पालिका वडा नं ६ बैदाम लेकसाइड नारेश्वरमा नयाँ हारमोनी क्याफे संचालनमा आएको छ । यूवा व्यवसायी प्रदिप छिन्दालले क्याफे संचालनमा ल्याएका हुन् ।

कफि पारखीहरुलाई मध्यनजर गर्दै संचालनमा ल्याएको क्याफेमा नेपालका स्याङ्गजा र पाल्पा जिल्लामा नै उत्पादित अर्गानिक कफिलाई रोस्टेट विन्स मार्फत कफि मेशिनमा गलाइन्ड गरि आठ प्रकारका कफि तयार पारिने जनाइएको छ ।

क्याफेमा ग्राहकहरुलाई मध्यनजर गर्दै स्यानडुइज र बेकरीका आइटमहरुको स्वाद ग्राहकहरुले लिन सक्ने छन ।

क्याफेको नेपाली काग्रेस पुतलीबजार नगरपालिका वडा नं ६ स्याङ्गजा टक्सारका सभापति तथा गण्डकी टेलिभिजनका अध्यक्ष राजु केसीले उद्घाटन गरेका थिए । उनले नेपालका अधिकाशं  युवा कामको खोजीमा बिदेश पलाएन भएको अवस्थामा नेपालमा नै बसेर आफ्नै क्षेत्रमा केही गरौ भनेर लाग्ने युवाहरुलाई राष्ट्र र समाजले प्रोसाहन गर्नेु पर्नेमा जोड दिए ।

नेपाल दलित संघ पोखरा महानगर पालिका वडा नं ६ अध्यक्ष सन्दिप दियालीले युवाहरुको जोश जागरलाई उत्पादन क्षेत्रमा प्रयोग गर्ने सकेमा राष्ट्र समृद्धितर्फ आगाडि बढ्ने विश्वास व्यक्त गरे ।

२४ भाद्र २०७९, शुक्रबार १६:१६ मा प्रकाशित
Nabintech