Play

नारीशक्ति जागरण आमा समुहको अध्यक्षमा गुरुङ

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नं १७ अस्पतालचोक नारीशक्ति जागरण आमा समुह पोखराको तेश्रो साधारणसभा तथा दोश्रो अधिवेशनले प्यारी गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

समुहको उपाध्यक्षमा राधादेवी पौडेल लम्साल, सचिवमा पूर्णकला पोखरेल, कोषाध्यक्षमा सरास्वती नेपाल सुवेदी, सहसचिव मञ्जु के.सी, सहकोषाध्यक्षमा हरिकमला के.सी. चयन भएका छन् ।

सदस्यहरुमा सिता पौडेल क्षेत्री, डीलमाया कार्की, दुर्गाकुमारी शर्मा, सुजिता पराजुली, कल्पना गोदार, पुष्पलक्ष्मी महर्जन, ज्योति शेरचन, आशा सेवा परिवार र अप्सरा गोदार रहेका छन् । यसैगरी अधिवेशनले कार्यसम्पादनका लागि बिभिन्न पाँच उपसमिति समेत गठन गर्ने निर्णय गरेको छ ।

अधिवेशनको उद्घाटन गर्दै पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले आमा समुह मार्फत नेतृत्व विकास गर्दै उद्यमशिलतासंग जोडिनु पर्ने आवश्यकता औल्याईन् ।

समुहका अध्यक्ष शिशिर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैरसरकारी संस्था महासंघ (गैसस) नेपालका अध्यक्ष रामप्रसाद सुवेदी, पत्रकार हरि बास्तोला, समाजसेवी लिलबहादुर जिसी, छहारी टोलविकास संस्थाका अध्यक्ष दिपक गोदारले आमा समुहले सभ्य समाज निर्माणमा अतुलनिय भूमिका खेल्दै आएको धारणा व्यक्त गरेका थिए ।

समुहका सचिव राधादेवी पौडेल लम्सालले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सरास्वती नेपाल सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२४ भाद्र २०७९, शुक्रबार १५:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा