Play

पोखराका अग्रज डा.राणाको निधन

गुरुकुल खबर


पोखरा । पोखराका अग्रज चिकित्सक डा.कुमार शमसेर राणाको ८५ वर्षको उमेरमा निधन भएको छ ।

५ दिन अघि अस्वस्थ भई फेवासिटी अस्पताल उपचरार्थ भर्ना भएका राणाको शुक्रबार बिहान ७.१० बजे निधन भएको उपचारमा संलग्न चिकित्सक कन्सल्ट्यान्ट फिजिसियन डा.बुद्दिबहादुर थापाले जानकारी दिए ।

पोखराका पुराना चिकित्सक राणालाई उच्च रक्तचाप, मधुमेह र दमका बिरामी डा।कुमार समसेरलाई पछिल्लो पटक निमोनियाले सताए पछि स्थानीय फेवासिटी हस्पिटलमा उपचारकोलागि भर्ना गरिएको थियो ।

२४ भाद्र २०७९, शुक्रबार १४:३७ मा प्रकाशित
Nabintech