Play

कर्मचारी युनियनको स्थापना दिवस- राधाकृष्ण वृद्धाश्रममा फलफूल र खाधान्न सहयोग

गुरुकुल खबर


नेपाल निजामती कर्मचारी युनियन कास्कीले आफ्नो स्थापना दिवस फरक तरिकाले मनाएको छ ।

केही समयदेखि कर्मचारी मैत्री निजामती सेवा ऐन बन्नुपर्ने लगायत विभिन्न माग राख्दै आन्दोलनमा समेत देखिएको कर्मचारी युनियनले स्थापना दिवसको अवसरमा भने वृद्धावस्थाका नागरिकलाई फलफूल र खाधान्न वितरण गरेर मनाएको हो ।

आईतबार बिहान युनियनको कास्की शाखाले पोखरा महानगरपालिका -३२ लामेआहालमा रहेको राधाकृष्ण वृद्धाश्रममा रहेका वृद्ध वृद्दाहरुलाई फलफूल र खाधान्न लगायतका सामाग्री बितरण गरेको हो ।

अविरल वर्षा भैरहेको भएपनि विहान कार्यालय समय अगाडी ने युनियनको जिल्ला , प्रदेश र केन्द्रीय समितिको विभिन्न जिम्मेवारीमा रहेका कर्मचारीहरु वृद्धाश्रम पुगेका थिए ।

कर्मचारी युनियनले जुटाएका विभिन्न सामाग्रीहरु नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल सहित अन्यले हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका कास्की कांग्रेसका सभापति बरालले वृद्ध वुवा आमाको आशिर्वाद लिन र कर्मचारीको तर्फबाट थोरै भएपनि सहयोग गर्न वृद्धाश्रममा कार्यक्रम राखिएको बताए । कर्मचारीहरु आफ्नो पेशा संग मात्र नभएर मानवीय सहयोगमा समेत जोडिनु गर्व गर्न लायक़ विषय हो भन्दै उनले कर्मचारीहरुले सेवा ग्राही नागरिक संग गर्ने व्यवहारले धेरै नागरिकको मन जित्न सकिने उल्लेख गरे ।

नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेशका अध्यक्ष दिपक रेग्मीले सरकार र नागरिकको सम्बन्ध सुमधुर बनाउने मात्र नभएर कतिपय अवस्थामा नियम कानुन संगै मानवीय समस्यालाई बुझेर सोही अनुरुप काम गर्नुपर्ने कुरामा जोड़ दिए ।

नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष शुरेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सह सचिव नविन सिग्देल, नेपाली कांग्रेस कास्कीका सदस्य एवं शुभेच्छुक संस्था समन्वय विभाग कास्कीका संयोजक गंगाधर पराजुली, व्रोडकास्टिडं एशोसियशन अफ नेपालका केन्द्रीय अध्यक्ष कुमार भट्टराई, पोखरा महानगर-३२ का वडाध्यक्ष अक्कल बहादुर कार्की, कर्मचारी युनियनका केन्द्रीय सदस्यहरु विश्वराज आचार्य र बद्री पौडेल , गण्डकी प्रदेशका उपाध्यक्ष अर्जुन गुरुडं,कास्कीका निवर्तमान अध्यक्ष डार्विन लम्साल ,जिल्ला उपाध्यक्ष सिता ढुंगाना र सचिव सुमन शर्मा लगायतले आआफ्नो भनाई राखेका थिए ।

यसै गरि नेपाल निजामती कर्मचारी युनियन स्थापना दिवसको अवसरमा मौलाकालिका अपाङ्ग सेवा संस्थामा फलफूल तथा खाधन्न बितरण गरिएको छ । स्थापना दिवसको अवसरमा नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति नवलपरासी ( ब.सु.पू.) ले अपाङ्ग सेवा संस्थामा आश्रय लिइ रहेका व्यक्तिहरुका लागि फलफूल तथा खाधन्न बितरण गरेको हो ।

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति,नवलपरासी ( ब.सु.पू.) का अध्यक्ष शिब सुबेदीको नेतृत्वमा नेपाल निजामती कर्मचारी युनियनमा आवद्ध कर्मचारीहरुले मौलाकालिका अपाङ्ग सेवा संस्था कावासोती ८ मा फलफूल तथा खाधन्न बितरण गरेका हुन् । सो अवसरमा फलफूल, दाल,चामल,तेल,नुन, आटा लगाएतका खाद्य सामाग्री हस्तान्तण गरिएको थियो ।

 

 

 

१९ भाद्र २०७९, आईतवार २२:१८ मा प्रकाशित
Nabintech