Play

कास्की क्षेत्र नं ३(क) मा प्रदेश सांसदका लागि शसक्त उम्मेदवार ‘ढुंगाना’

गुरुकुल खबर


पोखरा , आगामी मंसिर ४ गते हुने आम निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरु उमेदवार बन्ने दौडमा छन । बैशाखमा सम्पन्न स्थानीय निर्वाचन सकिएसंगै फेरी मंसिर ४ मा हुने संघीय र प्रदेश सांसदको निर्वाचनले कार्यकर्ताहरु र मतदाताहरुमा नया बहस शुरु भैरहेको छ ।

नेपाली कांग्रेसले भदौ २० सम्म उम्मेदवार हुन ईच्छुकहरुको नाम मागेको छ । देशभरका १ सय ६५ निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमध्ये केहीमा सहमतिको आधारमा एक जनाको मात्र सिफारिस गरिएको भएपनि अधिकांश क्षेत्रमा उम्मेदवारका लागि उल्लेख्य आकांक्षी छन् ।

यसै बिच कास्कीको क्षेत्र नं ३ (क) मा शंकर ढुङ्गाना लगायतका नेताहरु प्रदेश सांसदका लागि इच्छुक देखिएका छन् । ढुङ्गाना हाल कास्की कांग्रेसका सह सचिव हुन् । पार्टीमा सबै तहका नेता, कार्यकतामाझ सालिन छवि बनाएका ढुङ्गानालाई नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल कास्कीको सचिव भएर संगठन हाँकेको अनुभव छ ।

कास्की क्षेत्र नं ३ का क्षेत्रीय सदस्य समेत भइसकेका उनि तरुण दलको केन्द्रिय पार्षद समेत हुन् । ढुङ्गाना कास्की कांग्रेसको कार्यसमिति सदस्य हुँदै पछिल्लो पटक सहसचिवमा निर्वाचित भएका हुन् । पोखरा १९, पुरन्चौर निवासी ढुङ्गानाले आफू क्षेत्र नं ३(क) का लागि उपयुक्त उम्मेदवार रहेको दाबी गर्छन ।

विद्यार्थी राजनीति गर्दाको उर्जा र पार्टी राजनीतिको वैचारिकतालाई समिश्रण गर्दै आम मतदाताको चाहाना र समस्या सम्बोधन गर्न सक्ने क्षमता आफुमा रहेको कारण नै उमेदवारीको लागि दावी प्रस्तुत गरेको उनले बताए । राजनीतिक रुपमा विधार्थी र तरुण संगै पार्टीमा समेत काम गरिसकेको कारण मैले आम युवाहरुको भावना बुझेको छु ।

पछिल्लो समय पार्टी राजनीतिमा समेत म सक्रिय छु, वैचारिक राजनीतिको अनुभव पनि म सँग छ ।’, ढुङ्गाना भन्छन्,‘समाजसँग त म हरसमय जोडिएको र सबैलाई समेटेर अघि बढ्न सक्ने ठानेर नै मैले प्रदेश सांसदको लागि दाबी गरेको हुँ । रहर र लहडमा गरेको दाबी होइन । उनको भनाई छ ।

यस प्रदेशका लागि कास्की कांग्रेस सहसचिव ढुङ्गानासँगै ११ जनाले उमेदवारीको लागि दावी गरेका छन ।

१७ भाद्र २०७९, शुक्रबार २३:०४ मा प्रकाशित
Nabintech