Play

संघलाई ‘साझा घर’ बनाउने अभियान सहित पोखरेल प्यानलका उम्मेद्वारहरु घरदैलोमा

गुरुकुल खबर


पोखरा, पोखरा २ का सुरजप्रकाश प्रधानाङ्ग पोखरा उद्योग वाणिज्य संघको आगामी चुनावका लागि अर्जुन पोखरेल प्यानललाई मत माग्न व्यस्त छन् । व्यवसायीलाई भेट्ने र उम्मेद्वारले झैं उनले प्यानलको पक्षमा मत माग्दा स्थानीयहरु उनैलाई उम्मेद्वार ठान्छन्। उनी उम्मेद्वार होइनन्, तर प्यानललाई जिताउन कम्मर कसेर लागेका छन् ।

संघमा सक्षम र युवा नेतृत्व आउनुपर्ने भन्दै उनले त्यस्ता उम्मेद्वार अर्जुन प्यानलमा भएकोले समर्थन गरेको बताए । ‘संघलाई हाँक्न अव युवा चाहिन्छ । युवाले मात्रै संघको पूरानो विरासत जोगाउछन्,’ उनी भन्छन्, ‘यो चुनावमा व्यवसायीले रोज्नुपर्ने टीम अर्जुन प्यानल हो ।’ बागलुङ बसपार्कमा जयालक्ष्मी सेनिटरी सञ्चालन गर्दै आएका उनले सँधै विहान अर्जुन प्यानलको पक्षमा मत माग्छन्।

अध्यक्षका उम्मेद्वार अर्जुन पोखरेल धेरै वर्ष उद्योग वाणिज्य संघमा रहेर आफ्नो जिम्मामा परेको काम विना विवाद सफल बनाएकोले उनैलाई नेतृत्वमा पु¥याउनुपर्ने प्रधानाङ्गको भनाई छ ।

चुनावी घरदैलोका लागि साँघुमुख पुगेको अर्जुन पोखरेलको टिमलाई शुभचिन्तक र मतदाताहरुले बाटोमै भेटेर जितको शुभकामना दिएका थिए । चिप्लेढुंगाका व्यवसायी नारायण पराजुली संघलाई हाँक्न सक्ने भरोसायोग्य उम्मेद्वार अर्जुन प्यानलमा भएको भन्दै मतदानका लागि मतदातासँग आग्रह गर्छन् । ‘संघको भविष्य अर्जुन प्यानलको काँधमा राम्रो देखेको छु । उनीहरुले चुनाव जित्दा आम व्यवसायीले सम्मानित महसुश गर्छन्,’ उनले भने ।

आगामी २ वर्षको कार्यकालका लागि भदौ २५ गते मतदान हुँदैछ । त्यसका लागि अर्जुन पोखरेलले आफ्नो छुट्टै प्यानल बनाएर घरदैलामा व्यस्त छन् । उनीहरु मतदाताका समस्या सुन्ने र आफ्ना योजना सुनाउँदै मत मागिरहेका छन् ।

शुक्रबार विन्ध्यवासिनी, अर्चलबोट, बागलुङ बसपार्क, पस्र्याङ, मालेपाटन, जिरोकिलोमिटर, सिर्जनाचोक लगायत ठाउँमा घरदैलो भएको थियो । अध्यक्ष पोखरेलले व्यवसायीका यावत समस्या समाधानका लागि आफ्नो टीमले काम गर्ने प्रतिबद्धता जनाए । ‘बैंकको समस्या छ । कतिपय ठाउँमा व्यवसायीहरुले सजिलोसँग व्यवसाय गर्न पाएका छैनन्,’ उनले भने, ‘कोरोनाले धेरै व्यवसायीलाई विस्थापित बनायो । दुख परेको बेला संघलाई अभिभावक बनाउने र साथ दिने गरी मेरो टीमले काम गर्छ ।’

पोखरेल प्यानल ८ बुँदे घोषणापत्र सहित चुनावी मैदानमा छ । पोखरा उद्योग वाणिज्य संघलाई आम पोखरेलीको साझा घरको रुपमा विकास गर्ने उनको संकल्प छ । ‘पोखरालाई आधुनिक र व्यवस्थित शहर बनाउने नेतृत्व उद्योग वाणिज्य संघले नै लिएको थियो । अहिले संघ समुदायबाट टाढा भैरहेको छ,’ पोखरेल भन्छन्, ‘हिजो अग्रजहरुले गरेको योगदानलाई संरक्षण गर्दै आगामी कार्यकालमा संघप्रति अझै आकर्षण बढाउने गरी काम गर्छौं । संघलाई सबै पोखरेलीको ‘साझा घर’ को रुपमा विकास गर्ने प्रण गर्दछौं ।’

पोखरेल प्यानलले उद्योग वाणिज्य संघको भवनलाई पुनः निर्माण गरी बहुतले व्यवसायिक भवनका रुपमा विकास गर्ने बताए । संघको आम्दानी बढाउने र उद्योगी व्यवसायीहरुको उत्पादन विक्री कक्ष निर्माण गर्ने टीमको प्रतिबद्धता छ । अहिले भैरहेको भवनलाई बहुतले बनाएर २ वटा पार्किङ, ३ वटा ब्यापारिक कम्प्लेक्स र संघको व्यवस्थित कार्यालय बनाइने प्यानलले जनाएको छ।

अर्जुन प्यानलको बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्क बहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्र कुमार बाटाजु, माधव बस्ताकोटी, उदय बहादुर केसी (लाहुरे दाइ), दिलिप कुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ र हिमनिधि लौडारीले उम्मेद्वारी घोषणा गरेर चुनावी अभियानमा लागेका छन् ।

पोखरा उद्योग वाणिज्य संघ पोखरा क्षेत्रकै सबैभन्दा पूरानो सामाजिक संस्था हो । भदौ २४ र २५ गते आगामी नेतृत्वका लागि महाधिवेसन हुँदै छ । त्यसका लागि शुक्रबार उम्मेद्वारले मनोनयन पत्र बुझिसकेका छन् । शनिबार मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

१७ भाद्र २०७९, शुक्रबार २२:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा