Play

व्यास नगरपालिका ८ तनहुँको संयोजनमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

गुरुकुल खबर


पोखरा । व्यास नगरपालिका वडा नं ८ तनहुँको संयोजनमा संचालित निशुल्क स्वास्थ्य शिविरमा ३ सय १० जनाले निशुल्क स्वास्थ्य सेवा लिएका छन् ।

पब्लिक क्याम्पस प्राध्यापक संघ आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित शिविरमा व्यास नगरपालिका भित्रका आमनागरिकले उक्त निशुल्क स्वास्थ्य सेवा लिएका हुन् ।

फेवासिटी अस्पताल पोखरा र रत्नहरी अस्पताल व्यास ४ दमौलीको सहयोगमा सम्पन्न शिविरमा किड्नी चेकअप र युरिन टेष्ट गरिएको थियो ।

ल्याब र अल्ट्रसाउण्ड  सेवाका कारण पनि आमनागरिक स्वास्थ्य जाँचप्रति आकर्षित भएको वडा नं ८ का वडाध्यक्ष युवराज गुरुङले गुरुकुल खबरलाई जानकारी दिए ।
वडाध्यक्ष गुरुङका अनुसार स्वास्थ्य जाँच पश्चात स्वास्थ्य समस्या देखिएकाहरुलाई निशुल्क औषधि वितरण समेत गरिएको थियो ।

‘उपचार भन्दा रोकथाम राम्रो’ भन्ने भनाईलाई आत्मसात गर्दै वडा नं ८ ले संयोजन गरेर निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको बताउँदै वडाध्यक्ष गुरुङले भने  ‘रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु भन्ने नेपाली उक्तिलाई आत्मसात गर्दै शिविरको आयोजना गरेका हौ, सोचे भन्दा बढी प्रभावकारी रह्यो ।‘ आफुहरुले अनुमान गरे भन्दा बढी स्वास्थ्य चेकअपका लागि आएको बताउँदै गुरुङले आम नागरिकमा स्वास्थ्य सचेतना फैलिएको प्रति खुशी व्यक्त गरे ।वडाबासीको स्वास्थ्य, शिक्षालगायत हरेक समस्या र आवश्यकतामा आफु साथमा रहेको विश्वास्त पार्दै वडाध्यक्ष गुरुङले विकास निर्माण एवम् सामाजिक कार्यमा सहकार्य साथ अगाडि बढ्ने बताए ।
शुक्रबार नै एक विज्ञप्ती जारी गर्दै वडाध्यक्ष गुरुङले सफलतापुर्वक स्वास्थ्य शिविर सम्पन्न गर्न सहयोग पुर्याउने अस्पताल र सहयोगी मनहरुप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

 

१७ भाद्र २०७९, शुक्रबार २२:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा