Play

व्यवसायसंगै शैक्षिक र सामाजिक क्षेत्रमा सक्रिय ललित कुंवर पोउवासंघको सदस्य बन्दै

गुरुकुल खबर


पोखरा । नीजि क्षेत्रको उत्थान र व्यवासयिक हक हितकालागि युवा व्यवसायी ललितबहादुर कुवँरले पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा कार्य समिति सदस्य पदमा उम्मेदवारी दिएका छन् । पोखरा उधोग वाणिज्य संघ निजी क्षेत्र संग सम्बन्धित व्यवसायीहरुको छाता संस्था हो ।

भदौ २४ र २५ गते पोखरामा हुने महाधिवेशनमा कुवँरले पवन प्रजापति नेतृत्वको प्यानलबाट कार्य समिति सदस्यमा उम्मेदवारी दिएका हुन् । २०५७ सालदेखि व्यवसायिक क्षेत्रमा सक्रिय रहंदै आएका कुँवर आभाष ट्रेडर्स, पोखरा १५ रामबजारका प्रोपाइटर हुन् भने लालुपाते कृषि फर्म पोखरा १५ र होटल लुना लेकसाइड पोखरा -६ का संचालक पनि हुन् ।

व्यवसायिक क्षेत्र बाहेक उनि शैक्षिक र सामाजिक संघ संस्थामा समेत सक्रिय छन । कालिका पब्लिक कलेज पोखराका संरक्षक र सिद्ध उच्च मावि पोखराका सिनेटर समेत रहेका कुँवरले सामाजिक एवम् व्यवसायिक संघसंस्थामा सक्रिय रहने क्रमलाई पनि निरन्तरता दिईरहेका छन् ।

सम्बन्धित निकायमा दर्ता नगरी व्यवसाय गर्नेहरुलाई दर्ता प्रक्रियामा ल्याउन, व्यवसायीहरुको समस्या समाधानका लागि रचनात्मक पहल गर्न र समग्र पोखरेली व्यवसायीहरुको हितमा काम गर्ने प्रतिबद्धता सहित आफुले उम्मेदवारी दिएको कुँवरले व्यवसायीहरु संग बताउंदै आएका छन ।

अग्रजहरुसँगको सल्लाह र समकालीन व्यवसायीहरुको चाहना बमोजिम आंफु चुनावी मैदानमा उत्रिएकाले सबैको सहयोग र समर्थन प्राप्त हुनेमा उनि ढुक्क छन । त्यसमाथी आफु जोडिएको व्यवसायको प्रकृति फरक फरक रहेकोले सबै प्रकृतिका व्यवसायी साथीहरुबाट राम्रो सहयोग प्राप्त हुने भएकोले पनि विजयी हुनेमा म ढुक्क छु ।’ कुवँरले भने ।

फर्म दर्ता गरेकै भरमा वा व्यवसाय नगर्ने तर पोखरा उधोग वाणिज्य संघको राजनीति गर्नेहरु भन्दा वास्तविक व्यवसायीलाई जिताउदा व्यवसायिक क्षेत्रमा आउने समस्या समाधान गर्न सहज हुने भएकाले वास्तविक व्यवसायी पहिचान गरी मतदान गर्न उनले मतदाताहरुलाई आग्रह गरेका छन् । ‘म व्यवसायी भएर व्यवसायीहरुकै माझमा रहन चाहन्छु । व्यवसायीहरुको सुख दुखमा साथ दिन चाहन्छु , उनीहरुको समस्या समाधानमा अग्रसर हुन चाहन्छु ।’ कुँवर भन्छन् ।

व्यवसायीहरुले भोग्नुपर्ने समस्या र चुनौती समाधानका लागि आफू सधै तत्पर रहने उनको भनाई छ । म संग व्यापारिक साथै व्यवसायिक अनुभव पनि छ र व्यवसायीहरुलाई पर्ने समस्या समाधानका लागि पहल गर्न सक्ने भएकोले पनि नेतृत्वको आवश्यकता रहेकोले पनि यो महाधिवेशनमा आफुले उम्मेदवारी दिएको कुँवरको भनाई छ ।

१७ भाद्र २०७९, शुक्रबार २१:४० मा प्रकाशित
Nabintech