Play

कास्कीबाट संघीय सांसद बन्न ७१ जना कांग्रेस नेताको चाहना, विधानको व्यवस्था विपरीत सिफारिस हुंदै

गुरुकुल खबर


पोखरा । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार बन्नका लागि कास्की जिल्लाका ३ वटा निर्वाचन क्षेत्रबाट ७१ जनाले दावी प्रस्तुत गरेका छन् ।

३ निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं १ बाट प्रत्यक्ष तर्फ १७ जना र समानुपतिक तर्फ १० जना , क्षेत्र नं २ बाट प्रत्यक्ष तर्फ ११ जना र समानुपातिक तर्फ १३ जना साथै क्षेत्र नं ३ बाट प्रत्यक्ष तर्फ १० जना र समानुपतिक तर्फ पनि १० जनाले दावी प्रस्तुत गरेका छन् ।

यसरी उम्मेदवारी दावी गर्नेहरु मध्येबाट पार्टीको क्षेत्रिय समितिले प्रत्यक्ष तर्फ ३ जनाको सिफारिस गरि जिल्लामा पठाउनु पर्ने प्रावधान रहेको छ भने समानुपतिक तर्फ १ महिला सहित ३ जनाको नाम पठाउनु पर्ने व्यवस्था पार्टीको विधानले गरेको छ ।

पार्टी विधानको व्यवस्था विपरीत कास्कीका ३ वटा निर्वाचन क्षेत्रले नै सबै आकांक्षीहरुको नाम जिल्ला समितिमा पठाउने सम्भावना छ । त्यसपछि जिल्ला समितिले पनि आफ्नो राय सहित नामावली प्रदेश समिति हुंदै केन्द्रमा पठाउने व्यवस्था विधानले गरेको छ ।

क्षेत्रीय समितिले आकांक्षी उम्मेदवारहरुको नाम नेपाली वर्णानुक्रम अनुसार वा उम्मेदवारी दावी गर्ने क्रममा गरिएको दर्ताको आधारमा पठाउने गरेका छन् तर कास्कीको क्षेत्र नं ३ समितिले भने आफु खुशी अर्थात बिना आधार नामावली जिल्लामा सिफारिस गर्न लागेको बताईन्छ ।

कि त दर्ताको आधारमा , कि त नेपाली वा अंग्रेज़ी वर्णानुक्रमको आधारमा वा शैक्षिक योग्यता , उमेर , पार्टीमा क्रियाशील भएको समय वा अरु कुनै आधार बनाएर नाम पठाउनु पर्नेमा आफुखुशी नाम तल माथी पारेर पठाउन खोजिएको भन्दै समानुपतिक तर्फ उम्मेदवारी दावी गरेका अमृत श्रेष्ठले आपत्ति प्रकट गरेका छन् ।

श्रेष्ठ लगायत अन्य आकांक्षीहरुले पनि निश्चित आधार वा मापदण्ड बनाएर पार्टी विधान अनुसार नै उमेदवारी सिफारिस गर्न पनि नसक्ने अनि आफुखुशी नाम तल माथी पारिएमा त्यसले झन असन्तुष्टी बढाउने भन्दै त्यस्तो नगर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समितिले उमेदवारी संकलन गर्ने क्रममा कुनै शुल्क वा रकम नलिनु भनि परिपत्र गरेको भएपनि कास्कीका सबै जसो प्रदेश र क्षेत्रमा आफुखुशी रकम संकलन गरिएको बताईन्छ ।

यस अगाडी पोखरा महानगरपालिकाले पनि उमेदवारी संकलन गर्ने क्रममा २५ हजार ५ सय रुपैया संकलन गरेको थियो तर त्यस बेला पोखरा महानगर समितिका पदाधिकारी एवं अन्य केहीले रकम नबुझाईकन र आवेदन समेत नदिईकन उमेदवारको रुपमा प्रचारमा आएका थिए ।

यस पटक पनि कतिपयले कुनै रकम नदिएको तर अधिकांश संग पैसा नदिए उमेदवारीको दावी समेत दर्ता नगरिने भन्दै रकम असुल गरिएको बुझिएको छ ।

कास्कीका ३ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष एवं समानुपातिक तर्फ उमेदवार बन्न चाहानेहरुको नामावली यस प्रकार रहेको छ:

क्षेत्र न. १

प्रत्यक्ष तर्फ:
१  कृष्णबहादुर केसी
२  गुरुप्रसाद बराल
३  सुदिपमोहन भट्टराई
४  जीबन परियार
५  तिलकबहादुर रानाभाट
६  बिश्व घिमिरे
७  वीरबहादुर बुढाथोकी
८  कृष्ण कार्की
९  राम बाबु भण्डारी
१०  डा दीपक सुवेदी
११  होम बहादुर बसेल बिमल
१२  सुनिल गुरुङ
१३  किशोरदत्त बराल
१४  चतुराखर अधिकारी
१५  सरस्वती गुरुङ
१६  गगन कुमार थापा
१७  यज्ञबहादुर थापा

समानुपातिक तर्फ:
१  तारानाथ रानाभाट
२  सरस्वती गुरुङ
३  तिर्थ जङ्गली
४  राजकुमार गुरुङ
५  सुर्यप्रसाद भण्डारी
६  खलिल मिया
७  बिन्दु भण्डारी
८  ई राम बहादुर केसी
९  तर्कजङ्ग गुरुङ
१०  रामबहादुर के सी

क्षेत्र नं २

प्रत्यक्ष तर्फ:
१  देवराज चालिसे
२  ऋषि काफ्ले
३  विरेन्द्रनारfण विजुक्छे
४  विन्दादेवी आलेमगर
५  गुरुप्रसाद बराल
६  सोभियतबहादुर अधिकारी
७  खेमकुमारी बराल
८  सिरोजविजय कोइराला
९  विश्वशंकर पालिखे
१०  वर्षाकेशव पराजुली
११  देवराज गुरुङ

समानुपातिक तर्फ:
१  किरण केसी
२  प्रा.डा.रामचन्द्र पोखरेल
३  निर्मलप्रसाद कर्माचार्य
४  शकु्न्तला कोइराला
५  ज्योति कोइराला
६  हारुन खाँन पैठान
७  तीर्थकुमारी गुरुङ
८  राजेन्द्रनिधि कोइराला
९  भुवनसिंह गुरुङ
१०  सोभियतबहादुर अधिकारी
११  विष्णु सिग्देल
१२  रामचन्द्र शर्मा
१३  माइकल कर्माचार्य

क्षेत्र नं ३

प्रत्यक्ष तर्फ:

१  मनोज गुरुङ
२  गंगाधर पराजुली
३  बाबुराम आचार्य
४  आसबहादुर गुरुङ
५  ललित गुरुङ
६  रामचन्द्र त्रिपाठी
७  पशुपती भट्टाराई
८  दिपक गुरुङ
९  ई यम कृष्ण पौडेल
१०  बद्रीनाथ पराजुली

समानुपातिक तर्फ:

१  महादेव गुरुङ
२  खिमलाल बांस्तोला
३  गंगा केसी
४  शारदा पौडेल
५  खेमराज पौडेल
६  कृष्णकुमारी परियार
७  अब्दुल रसिद
८  मन बहादुर विक
९  राम प्रसाद अधिकारी
१०  अमृत श्रेष्ठ

१६ भाद्र २०७९, बिहीबार २२:०२ मा प्रकाशित
Nabintech