Play

पोखरा वडा नं ९ का २ सय ७१ जना भूमिहीनलाई जग्गा धनी पुर्जाको निस्सा प्रदान

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नं ९ का २ सय ७१ जना भूमिहीनले जग्गा धनी पुर्जाको निस्सा प्राप्त गरेका छन् । दलित, भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित रुपपमा बसोबास गरिरहेकाहरुले जग्गा धनी पुर्जाको निस्सा प्राप्त गरेका हुन् ।

उनीहरुले प्राप्त गरेको निस्सा लालपुर्जा पाउनु अगाडीको लालपुर्जा मानिन्छ भने निस्सा प्राप्त गर्नेले मात्रै पछि जग्गाको लालपुर्जा प्राप्त गर्न सक्ने बताईन्छ ।

विहीबार वडा नं ९ को वडा कार्यालयमा एक कार्यक्रमका बीच पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोख्रेलले संयुक्त रूपमा उनीहरूलाई निस्सा वितरण गरेका थिए।

निस्सा वितरण गर्दै प्रमुख आचार्यले भूमिहीन दलित तथा अव्यवस्थित रुपमा बसोबास गरिरहेकाहरुलाई लालपुर्जा वितरणको प्रक्रियामा रहेको र छिट्टै वितरणको काम थालिने बताए। भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरु हाल बसिरहेको स्थानमा कुनै समस्या नभए सोही स्थानमा, यदि त्यो स्थान उपयुक्त नभए अर्को उपयुक्त स्थानको खोजी गरी बसोबासको व्यवस्था गरिने उनले बताए ।

सरकारले तोकेको समय सीमा भित्र सूचीकृत हुन नआएका र पछि दाबी विरोधको प्रक्रियामा झुटो ठहरिएका निवेदन उपर आवश्यक कारबाही हुने समेत प्रमुख आचार्यले स्पष्ट पारे।

राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोख्रेलले जग्गा प्राप्तिसम्मको अन्तिम प्रक्रियामा समेत वितरण गरिएको निस्साको महत्वपूर्ण भूमिका रहने भएकाले यसलाई सुरक्षित राख्न आग्रह गरे। “यहाँ कसैलाई लाग्न सक्छ, यो निस्सा भनेको केही होइन तर यो तपाँईहरुले लगत फर्म भरेको प्रमाण हो । त्यति मात्र होइन यही निस्साको आधारमा तपाईँको जग्गाको नाप जाँच हुन्छ” पोख्रेलले भने । जग्गाधनी पुर्जा प्राप्त गर्ने बेला पनि निस्सा आवश्यक पर्ने बताउँदै सुरक्षित साथ राख्न सबैलाई आग्रह गरे ।

पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले वडावासीहरूको हरेक समस्यामा आफू साथमा रहेको विश्वास्त पार्दै विकास निर्माण एवम् सामाजिक कार्यमा सहकार्य साथ अगाडि बढ्ने प्रतिवद्धता जनाए । उनले वडामा रहेको भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै अगाडी बढ्ने प्रतिबद्धता समेत जाहेर गरे।

वडा नं ९ मा भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको संख्या ९ सय ११ रहेकोे र विस्तारै सबैलाई निस्सा प्रदान गरिने वडाध्यक्ष मर्सानीले गुरुकुल खबरलाई जानकारी दिए । “व्यवस्थित रुपले कम्प्युटराईज गर्नु पर्ने भएकाले डाटा ईन्ट्री गर्न समय लाग्छ यद्यपी जति सक्दो चाँडो बाँकी ६ सय ४० अव्यवस्थित बसोबासीलाई पनि हामी निस्ता वितरण गर्नेछौं ।” वडाध्यक्ष मर्सानीले भने ।

१६ भाद्र २०७९, बिहीबार २०:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा