Play

एमालेले १५० सिट ल्याउँछ : ओली

गुरुकुल खबर


महेन्द्रनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनबाट एमालेले १ सय ५० सिट जित्ने दाबी गरेका छन्।
बुधबार महेन्द्रनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रत्यक्ष र समानुपातिक गरेर एमालेले १ सय ५० सिट जित्ने दाबी गरे।
‘आगामी मंसिर ४ गते गठबन्धनलाई परास्त गर्दै एमालेले एक सय ५० सिट जित्छ। अवैध गठबन्धले जिते देशले हार्छ, देशले जित्न एमालेले जित्नुपर्छ,’ उनले भने।

उनले परमादेशबाट बनेको सरकारले राष्ट्रिय हितविपरित काम गरेको बताए। उनले आफू प्रधामन्त्री हुँदा कालापानी लिपुलेकसहितको नक्सा जारी गरेको बताउँदै अहिलेको गठबन्धनको सरकारले भूमि फिर्ता ल्याउन पहन नगरेको बताए।

‘देउवा भारत गए म्याउ म्याउ गरेर आए। अर्काको त केही सुनिएन ख्यास ख्यास खुसखुसमात्रै हो,’ उनले भने, ‘म सरकारमा हुँदाका बखत भारतलाई थुप्रै पत्र पठाएको हो।’

१५ भाद्र २०७९, बुधबार २१:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा