Play

एमालेले १५० सिट ल्याउँछ : ओली

गुरुकुल खबर


महेन्द्रनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनबाट एमालेले १ सय ५० सिट जित्ने दाबी गरेका छन्।
बुधबार महेन्द्रनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रत्यक्ष र समानुपातिक गरेर एमालेले १ सय ५० सिट जित्ने दाबी गरे।
‘आगामी मंसिर ४ गते गठबन्धनलाई परास्त गर्दै एमालेले एक सय ५० सिट जित्छ। अवैध गठबन्धले जिते देशले हार्छ, देशले जित्न एमालेले जित्नुपर्छ,’ उनले भने।

उनले परमादेशबाट बनेको सरकारले राष्ट्रिय हितविपरित काम गरेको बताए। उनले आफू प्रधामन्त्री हुँदा कालापानी लिपुलेकसहितको नक्सा जारी गरेको बताउँदै अहिलेको गठबन्धनको सरकारले भूमि फिर्ता ल्याउन पहन नगरेको बताए।

‘देउवा भारत गए म्याउ म्याउ गरेर आए। अर्काको त केही सुनिएन ख्यास ख्यास खुसखुसमात्रै हो,’ उनले भने, ‘म सरकारमा हुँदाका बखत भारतलाई थुप्रै पत्र पठाएको हो।’

१५ भाद्र २०७९, बुधबार २१:५२ मा प्रकाशित
Nabintech