Play

कास्की क्षेत्र नम्बर १ ख समानुपातिक प्रदेश सभा सदस्यमा चौबहादुर गुरुङको दावी

गुरुकुल खबर


पोखरा। नेपाली कांग्रेसका युवा नेता चौबहादुर गुरुङले कास्की क्षेत्र नं १ ख मा समानुपातिक तर्फबाट प्रदेश सभा सदस्यकालागि आकांक्षा प्रस्तुत गरेका छन् ।

केहि दिन अघि सम्पन्न पार्टीको भेलामा नेता गुरुङले आगामी मङ्सिर ४ गतेको निर्वाचनका लागि आफु उम्मेदवार बन्न योग्य रहेको दावी सहित आकांक्षा प्रस्तुत गरेका हुन् ।

नेपाली कांग्रेसमा पुस्तान्तरणको मुद्दासहित समानुपातिक प्रतिनिधित्वको मुद्दा उठाउंदै आएका युवा नेता गुरुङले अबको राजनीति नयाँ पुस्तालाई दिनु पर्ने र पुराना नेताहरुले मार्ग निर्देशन गर्दै अभिभावकीय दायित्वमा रही दिन आग्रह गरेका छन् ।

२०३५ सालतिरबाट नै नेपाल विद्यार्थी संघको राजनीतिबाट नेपाली काँग्रेसको मुल राजनीतिक धारमा प्रवेश गरेका गुरुङले पुस्तान्तरण नै आफ्नो उम्मेदवारीको दावी रहेको गुरुकुल खबरलाई बताए । ‘अहिलेको प्रदेश सरकार आर्थिक विकास र राज्यको नीतिमा केन्द्रित नभएकाले राज्यको नीतिमा केन्द्रित रहेर काम गरी सुशासन स्थापित गर्न प्रदेश सभा सदस्यकालागि मेरो दावी र्हो गुरुङको भनाई छ ।

‘३० वर्षे ईतिहासमा प्रजातन्त्र स्थापित हुन नसकी अझै प्राथमिक लेवलमै मात्रै सिमित छ, सुशासन स्थापित गर्न कसैलाई चासो छैन, संघियताप्रति नागरिकमा वितृष्णा जाग्न सुरु भईसकेको छ’ गुरुङले भने ‘नागरिक अधिकार,सुरक्षा स्थापित र विकास निर्माणसंगै कानुनी राज्यको निर्माण गर्नु प्रदेश सभा सदस्यका लागि मेरो दावी हो।’

पर्यटन व्यवसायी समेत रहेका गुरुङ भन्छन् ‘धनी देशहरुमा पहिला अर्थतन्त्र र पछि मात्र राजनीतिक नेतृत्व खोजिन्छ, नागरिकलाई नयाँ कुरा के दिने भनेर हरेक समय नेता र नेतृत्व लिनेहरु लागिरहेका हुन्छन तर नेपालमा यसको ठिक विपरीत छ ।’

गुरुङसंग २०३५ सालतिर पुतलीबजार नगरपालिका वडा नं १२ (तत्कालिन पेल्काचौर गाविस) स्याङजामा रहेको मनकामना माध्यमिक विद्यालयमा पूर्व शिक्षक पूर्ण केसीसंग संगठन निर्माणसंगै विभिन्न कार्यक्रममा स्याङजाका विभिन्न गाँउमा पुगेको स्मरण ताजै छ ।

२०४४-४५ सालतिर ने.वि.सं स्याङजाको सभापति भएका गुरुङ पोखरामा रहेका पर्यटन व्यवसायीसंग सम्बन्धित विभिन्न संघ संस्थाको मुख्य तहमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गरीसकेका छन् । उनीसंग पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्दा ताका नेविसंघ गठनकालागि कास्कीका विभिन्न गाँउहरु पुगेको अनुभव पनि छ ।

‘म भन्दा पछि आएकाहरु धेरै अगाडि पुगीसके,साथीभाईकै लागि भन्दै त्याग गर्दै जाँदा आफु जहिले पनि पछि परेको अनुभुति भएपछि यो पाली मैले समानुपातिकबाट प्रदेश सभा सदस्यमा दावी गरेको हु’ उनको भनाई छ ‘कहिले पुराना नेता हुन् भन्दै त्याग गरियो त कहिले आफ्नै साथीभाई हो भन्दै त्याग गरे ।’

हाल नेपाली काँग्रेस कास्की जिल्ला सदस्य रहेका गुरुङ राज्यको नीतिमा केन्द्रीत रही सुशासन स्थापित गर्न आफ्नो उम्मेदवारीको दावी रहेको तर्क गर्छन् ।

१५ भाद्र २०७९, बुधबार २०:३४ मा प्रकाशित
Nabintech