Play

कास्की कांग्रेस क्षेत्र नं १ बाट प्रत्यक्षमा १५ जना र समानुपातिकमा ३१ जना आकांक्षी

गुरुकुल खबर


पोखरा । आउँदो मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनका लागि नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ ले उम्मेद्वार छनोटका लागि तयारी शुरु गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयको परिपत्र अनुसार नेपाली काँग्रेस कास्की क्षेत्र नं १ बाट प्रत्यक्षमा १५ जना र समानुपातिकमा ३१ जनाले उम्मेवार बन्ने आकांक्षा जाहेर गरेका छन् ।

क्षेत्र न. १ को क बाट सोमबार आवेदन दर्ता गराउनेमा ८ जना प्रत्यक्ष उम्मेदवारका आकांक्षीहरु रहेका छन् भने ११ जना समानुपातिक तर्फका आकांक्षी रहेका छन् ।

प्रत्यक्ष तर्फका आकांक्षीहरुमा मुरारी कोइराला, कास्की कांग्रेसका सचिव देवेन्द्र रानाभाट,राजेन्द्रमणी लामिछाने, पुष्पमणी भण्डारी, कल्याणबाबु भण्डारी, दुर्गा लामिछाने गिरीराज गौतम र बुद्धिमान गुरुङ रहेका छन् ।

यसैगरी समानुपातिक तर्फ शान्तिकुमारी खनाल, चन्द्रावती पौडेल, नन्दप्रसाद तिवारी, तारा अधिकारी, मुरारी शर्मा, विक्रम गुरुङ, खेमबहादुर गुरुङ, कुमार सुनार, सुरजजंग राणा, अप्सरा श्रेष्ठ र अजिम बक्स मिया रहेका छन् ।

यसैबीच नेपाली काँग्रेस कास्कीको क्षेत्र नं १ को ख बाट प्रत्यक्ष निर्वाचनको उम्मेद्वार बन्न सात जना र समानुपातिक उम्मेद्वारका लागि २० जना नेतहरुले चाहना गरेका छन् ।

प्रत्यक्ष तर्फ प्रदेशसभा निर्वाचन क्षेत्र समिति सभापति कृष्णप्रसाद कोइराला,महासमिति सदस्य दीपक गुरुङ,विकास लामा गुरुङ,कास्की कांग्रेसका सचिव भानुभक्त ढकाल,सहसचिव नवीन सिग्देल, अनिता तिमिल्सिना र भोजप्रसाद गुरुङ छन् ।

समानुपातिक तर्फ आकांक्षीमा संज्ञा पोखरेल,बजीरमान श्रेष्ठ,महिला संघ पोखरा महानगर समिति सभापति माया बराल क्षेत्री,पूर्णकला घर्ती,आनन्दी राणा,निषा मल्ल ठकुरी,रेनुका गुरुङ,पर्शुराम बि पोखरेल,कास्की काँग्रेस जिल्ला सदस्य चौबहादुर गुरुङ,मीरादेवी आचार्य,शिरोमणि बराल,सरिता कार्की,लोककुमारी गुरुङ,ईन्द्रमाया बानियाँ,नारायणप्रसाद बराल,विष्णु कार्की,रामकुमारी पौडेल, लेखबहादुर गुरुङ,अर्जुन गुरुङ र यमबहादुर गुरुङ छन् ।

१४ भाद्र २०७९, मंगलवार ०२:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा