Play

फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीको अधिबेशन,अध्यक्षमा गुरुङ र महसचिवमा दवाडी

गुरुकुल खबर


पोखरा । फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीले उन्नाइसौं वार्षिक साधारण सभा तथा एघारौं अधिबेशन सम्पन्न गरेको छ।

अधिबेशनले पुर्णशोभा गुरुङको अध्यक्षतामा पन्ध्र कार्यसमिति सदस्य, एक जना एसोसिएट सदस्य र तीन जना क्षेत्रीय सदस्य गरी १९ सदस्यीय समिती चयन गरेको छ ।

महासचिवमा परमेश्वर दवाडी, बरिस्ठ उपाध्यक्षमा थोमनाथ अर्याल , प्रथम उपाध्यक्षमा रामजी प्रसाद तिवारी , द्वितीय उपाध्यक्ष बेल बहादुर नेपाली र तृतीय उपाध्यक्ष योगा गौतम चौलागाईं चयन गरेको छ ।

यस्तै कोषाध्यक्षमा एकनारायण गौतम सचीवमा शक्ति बराल ,सदस्यहरुमा क्रमशः विष्णु के सि अधिकारी, हिमलाल पराजुली, राजेन्द्र पण्डित, धुर्वराज पन्त, रमेश बि.क., पुर्णासिंह नेपाली, भेषराज बास्तोला, एसोसिएट सदस्य अमृत कार्की, क्षत्रीय सदस्य नवराज सुवेदी, होम बहादुर थापामगर, निश्चल खरेल निर्बिरोध चयन भएका छन ।

प्रमुख अतिथी गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले एउटै उद्देश्य भएको संस्थाहरु संगठित भएरआफ्नो हक हित र अस्तित्वको संरक्षण हुने भन्दै चयन हुने नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

व्यवसायीहरुले घर,अफिस निर्माणमा प्रयोग हुने, सुन्दर डेकोरेसन गर्न फर्निचर र फर्निसिङ सामानको महत्त्व हुने तर ब्यवसायिक सीप क्षमता अभिवृद्धि र स्थायित्वका लागि कुनै पनि सरकारको पहल नरहेको गुनासो राखेका थिए ।

श्रमिकको सीप र दक्षता वृद्धि गर्न सके देशको फर्निचर र फर्निसिङ सामाग्रीको माग पूरा गर्न सकिनेमा आफु बिस्वस्त भएको गुरुङले बताए ।

संघका अध्यक्ष युवराज बस्नेतको अध्यक्षतामा सम्म्पन्न भएको कार्यक्रमको सन्चालन महासचिव रामजी प्रसाद तिवारीले गरेकf थिए ।

५ भाद्र २०७९, आईतवार ०७:१३ मा प्रकाशित
Nabintech