Play

मेगा बैंकद्वारा ६ गुणा सम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दती योजना’ संचालन

गुरुकुल खबर


पोखरा,  मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको लागि ६ गुणा’ सम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दती योजना’ संचालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत मेगा बैंकमा व्यक्तिगत मुद्दती खाता खोल्ने ग्राहकहरुले ६ बर्ष ४ महिना अर्थात अर्थात ७६ महिनादेखि १६ बर्ष ४ महिना अर्थात १९६ महिना भित्रमा २ गुणादेखि ६ गुणासम्मको निक्षेपमा प्रतिफल दिने व्यवस्था गरिएको छ ।

बैंकका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलका अनुसार संस्थागत मुद्दती खाता खोल्ने ग्राहकहरुले ९३ महिनादेखि १८५ महिना भित्रै २ गुणादेखि ४ गुणासम्म निक्षेप रकम फिर्ता पाउने नया योजना पनि बैकले शुरु गरेको छ ।

रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरूले ७० महिनादेखि १८० महिना भित्र २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने उनले जानकारी दिए ।

त्यसैगरी बैंकको यो म्याजिक मुद्दती निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरुले १ लाखदेखि माथी र संस्थागत मुद्दती खाता खोल्ने ग्राहकहरुले ५ लाखदेखि माथी रकम जम्मा गरी आफुले रोजेको समयावधि अनुरुप २ गुणादेखि ६ गुणासम्म बढाउन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

यस प्रकारको योजनाले ग्राहकहरुलाई बचतमा प्रोत्साहन गर्नुका साथै ग्राहकलाई उचित प्रतिफल पनि दिने विश्वास बैंकले लिएको छ ।

आफूलाई पायक पर्ने बैकको शाखा कार्यालयमा गई मुद्दती खाता खोल्न र यस योजनाबाट लाभान्वित हुन ग्राहकहरुलाई मेगा बैंकले आग्रह गरेको मेगा बैंकका गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्तले गुरुकुल खवरलाई जानकारी दिएका छन ।

१ भाद्र २०७९, बुधबार २०:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा