Play

लागुऔषध सहित पक्राउ परेका ८ जना अनुसन्धानको लागि थप ५ दिन थुनामा

गुरुकुल खबर


पोखरा जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले कास्की जिल्लाको विभिन्न ३ स्थानबाट लागु औषध सहित ८ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कास्की जिल्लाको अन्नपूर्ण गाउ पालिका वडा नं ९ स्थायी घर भई पोखरा महानगरपालिका -१४ चाउथे विपी मार्ग बस्ने २१ वर्षिय प्रमिश गुरुड़को साथबाट लागु औषध ब्राउन सुंगर ३५ ग्राम बरामद भएको छ ।

यसै गरि पोखरा महानगर पालिका वडा नं २ बाग्लुगं बसपार्क नजिकै ३ जनालाई लागु औषध सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा म्याग्दी जिल्ला घर भई पोखरा महानगर-०३ नदिपुर बस्ने २८ वर्षिय माईकल भन्ने दिपक पुन र २५ वर्षिय प्रदिप फगामीका साथै पर्वत जिल्ला मोदी गाउं पालिका -०४ लेसपार्क घर भई हाल पोखरा महानगर पालिका १८ अंधेरीकुना बस्ने ३० वर्षिय लविन पुन रहेका छन ।

                            उनिहरुको साथबाट लागु औषध डाईजोपाम २५ एम्पुल , फेनेरागन २६ एम्पुल र नुर्फिन २५ एम्पुल गरि ७६ एम्पुल बरामद गरिएको थियो । यसै गरि पोखरा महानगर-३० पावरहाउस चोकमा सवारी साधन चेक जांच गर्दा तनहु हुंदै पोखरा आउंदै गरेको बसमा रहेका यात्री रुपन्देहीका २० वर्षिय द्वारिका लोध सहित अर्को एक जना ,पोखरा महानगरपालिका -११ रानीपौवा बस्ने २७ वर्षिय सन्दीप गुरुडं, पोखरा -११ काहुं डांडा बस्ने २७ वर्षिय विश्व कार्की गरि ४ जना पनि लागु औषध सहित पक्राउ परेका छन ।

उनिहरुको साथबाट डाईजापाम १०० एम्पुल , फेनेरागन १०० एम्पुल र नुर्फिन १०० एम्पुल गरि ३ सय एम्पुल लागु औषध बरामद गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका ८ जनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको र लागु औषध सम्बन्धि मुद्दामा ५/५ दिन म्याद थप गरि अनुसन्धान प्रकिया अगाडी बढाईएको जानकारी कास्कीका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले गुरुकुल खवरलाई दिएका छन।

२६ श्रावण २०७९, बिहीबार २०:५२ मा प्रकाशित
Nabintech