Play

पोखरा लेकसाइड र पोखरा गार्डेन लायन्सद्वारा राधाकृष्ण बृद्धाश्रममा खाद्यान्न सहयोग

गुरुकुल खबर


पोखरा, २१ साउन । लायन्स क्लब अफ पोखरा लेकसाइड र लायन्स क्लब अफ पोखरा गार्डेनको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा ६५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको छ ।

शनिबार बृद्धाश्रममा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि चिफ एडभाइजर धनीराम बराल, लायन्स क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, कार्यक्रम संयोजक जयराम तिमल्सिना, लायन्स क्लब अफ पोखरा गार्डेनका अध्यक्ष राम कंडेलले संयुक्त रुपमा बृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगललाई खाद्यान्न हस्तान्तरण गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि धनीराम बरालले विश्वका विभिन्न २१४ राष्ट्रमा फैलिएको लायन्सका माध्यमबाट सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण काम भैरहेको बताउनुभयो ।

लायन्स क्लबमा आवद्ध सदस्यहरू धनका मात्र नभै मनका धनी रहेको उल्लेख गर्दै उहाँले लायन्सका माध्यमबाट गरिने कुनैपनि सहयोग आवश्यकताका आधारमा लक्षित बर्गमा पुग्नुपर्नेमा जोड दिनुभयो ।

लायन्स क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष कृष्णकुमार श्रेष्ठले ज्येष्ठ नागरिक आश्रमहरूको दीर्घकालीन सञ्चालनमा राज्यको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो । राधाकृष्ण बृद्धाश्रममा ज्येष्ठ नागरिकहलाई सम्मानपूर्वक सुखी र खुसी भएर बसेको पाइएको बताउँदै उहाँले संघ संस्थाका तर्फबाट गरिने सहयोगले यस्ता संस्थामा ठूलो राहत पुग्ने धारणा राख्नुभयो ।

कार्यक्रम संयोजक जयराम तिमल्सिनाले यो सांकेतिक सहयोग भएको बताउँदै आगामी दिनमा पनि यस किसिमका सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

राधाकृष्ण बृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले लायन्स क्लबका तर्फबाट बृद्धाश्रमको सञ्चालनमा महत्वपूर्ण सहयोग पुगेको बताउँदै बृद्धाश्रममा प्राप्त कुल सहयोगको ६० देखि ६५ प्रतिशतसम्म लायन्सबाट सहयोग प्राप्त भएको जानकारी दिनुभयो ।

२१ श्रावण २०७९, शनिबार २०:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा