Play

काँग्रेस पोखरा महानगरमा विभिन्न उपसमिति

गुरुकुल खबर


पोखरा । नेपाली काँग्रेस पोखरा महानगर कार्यसमितिको हालै सम्पन्न बैठकले विभिन्न उपसमिति गठन गरेको छ । पार्टीको सांगठिनक संरचनालाई सुदृढ बनाउन र आगामी संघ तथा प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै उपसमितिहरु गठन गरिएको महानगरले जनाएको छ ।

गठित उपसमिति अन्तर्गत महानगरका उपसभापति प्रयागराज भण्डारीको संयोजकत्वमा विपद व्यवस्थापन र अर्का उपसभापति भवसागर बरालको संयोजकत्वमा सरकारी तथा अर्धसरकारी संस्थाहरुको अनुगमनका लागि अनुगमन समिति गठन गरिएको छ ।

यसैगरी कोषाध्यक्ष सम्मरबहादुर श्रेष्ठको संयोजकत्वमा कोष निर्माण तथा व्यवस्थापन उपसमिति, सहसचिव संजय आलेको संयोजकत्वमा युवा, विद्यार्थी तथा खेलकुद उपसमिति, कार्य सम्पादन समिति सदस्य रविन्द्र बरालको संयोजकत्वमा शिक्षा तथा प्रशिक्षण उपसमिति,  सदस्य प्रिती पाण्डेको संयोजकत्वमा संघ संस्था संयोजन उपसमिति र सदस्य अम्बिका ढुंगानाको संयोजकत्वमा महिला संयोजन उपसमिति गठन गरिएको छ भने प्रवक्ता धनन्जय पौडेलको संयोजकत्वमा लेखा समिति गठन गरिएको छ ।

बैठक सभापति सुरेन्द्रमान विजुक्छेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

२१ श्रावण २०७९, शनिबार १४:५८ मा प्रकाशित
Nabintech