Play

प्रजातान्त्रिक बन प्राविधिक संघ गण्डकीको अधिवेशन, अध्यक्षमा न्यौपाने

गुरुकुल खबर


प्रजातान्त्रिक बन प्राविधिक संघ गण्डकी प्रदेश समितिको प्रथम अधिवेशन पोखरामा सम्पन्न भएको छ । केही दिन अगाडी सम्पन्न अधिवेशनले राजेन्द्र न्यौपाने अध्यक्ष रहेको १५ सदस्य रहेको नया कार्य समिति चयन गरेको छ ।

समितिको दुई जना उपाध्यक्षमा निर्मला फुलारा र अविनाश थापा , सचिवमा गुन्जन गहतराज , सहसचिव राजन श्रेष्ठ र कोषाध्यक्षमा नारायण कोईराला रहेका छन ।

प्रदेश समितिको सदस्यहरुमा सफलता श्रेष्ठ, दिपा पौडेल, सागर खनाल , ज्ञानेन्द्र रेग्मी , अरुण पराजुली, नर बहादुर क्षेत्री र केदार पौडेल रहेका छन । नेपाली कांग्रेस निकट वन प्राविधिकहरुले संगठन निर्माण गरेका हुन ।

यसै बिच संघको नव निर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण चन्द्र नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष दामोदर शर्मा , प्रदेश अध्यक्ष राजेन्द्र न्यौपाने , उपाध्यक्ष निर्मला फुलारा , नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष शुरेश श्रेष्ठ, कार्यक्रम संयोजक नविन विक लगायतले आआफ्नो भनाई राखेका थिए

१९ श्रावण २०७९, बिहीबार २२:४८ मा प्रकाशित
Nabintech