Play

मुस्ताङसँग सडक सम्पर्क बिच्छेद, पृथ्वी राजमार्ग सहित पोखराबाट भोर्लेटार र घान्द्रुक जाने सड़क अवरुद्ध

गुरुकुल खबर


पोखरा, देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण पहिरो जांदा पोखराबाट विभिन्न स्थानमा पुग्ने सडक अवरुद्ध बनेको छन ।

पोखराबाट बेगनास हुंदै लमजुढं भोर्लेटार जाने पक्की सडक खण्ड करिब २५ मिटर भासिएको छ ।कास्कीको रुपा गाउं पालिका १ गैरीपोखरी भन्ने स्थानमा करिब दुई मिटर तल सडक भासिएपछि त्यस क्षेत्रकों आवागमन पुर्णतया अबरुद्द बनेको हो ।

यसैगरि कास्कीको अन्नपूर्ण गाउ पालिका ७ बिरेठांटी स्थित नया पुल नजिक घान्द्रुक उल्लेरी जाने पक्की बाटोमा २५ मिटर माथीबाट पहिरो आएर पुरिएको कारण सडक अबरुद्द बनेको हो ।

यसै गरि पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखरा महानगरपालिका -२९ घोतघोते भन्ने ठाउंमा वर्षाको कारण नहरको पानी ओभर फ्लो भएर सडकमा जांदा राजमार्ग अवरुद्ध बन्न पुगेको कास्की प्रहरीले जनाएको छ ।राजमार्गमा नहरको पानी बगेर सवारी साधन फस्ने, दुर्घटना हुने स्थिती रहेकोले पावर हाउस र ताल चोकबाट सवारी साधनलाई डाईभर्सन गरिएको समेत प्रहरीले जनाएको छ ।

यसैगरि हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

भिरबाट पहिरो खसेर सडक पुरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो । पहिराले सडक पुर्नुका साथै कालीगण्डकी नदी बग्ने ठाउँलाई साँघुरो बनाएको छ । पहिरो खसेको क्षेत्रमा विस्फोटक पदार्थको प्रयोग गरेर पहाड फुटाएर सडक विस्तार गरिएको थियो ।

पहिरो खसेपछि म्याग्दीबाट गएका र मुस्ताङबाट बेनीतर्फ आएका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । मानिस पैदल हिँड्न पनि नसकिने भएकाले वैकल्पिक पैदलमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

पहिरो नरोकिँदा र सडक नखुल्दासम्म घाँसाबाट पहिरोथाप्ला म्याग्दीको कोप्चेपानी–गाडपार हुँदै दाना निस्कने वैकल्पिक पैदलमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । स्थानीय बासिन्दा मुस्ताङ भ्रमणमा आएका पर्यटक तथा मुक्तिनाथ दर्शन गर्न आएका भक्तजन सडक अवरुद्ध हुँदा प्रभावित बनेका छन् ।

सांसद प्रेमप्रसाद तुलाचनले पहिरो रोकिएपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाका उपकरण परिचालन गरेर पहिरो पन्छाएर सडक खुलाइने बताउनुभयो । दुई दिनदेखिको वर्षात्का कारण आएको बाढीले मुस्ताङको कैकुखोलामा सडक बगाएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार रुप्सेखोला र बेगखोलामा पनि सडक अवरुद्ध भएको छ ।

१७ श्रावण २०७९, मंगलवार ०७:४० मा प्रकाशित
Nabintech