Play

पोखराको लेकसाईडमै पहिरो,१ को मृत्यु २ घाईते, हेम्जामाथीको सडक अवरुद्ध

गुरुकुल खबर


पोखरा , अविरल वर्षापछि आएको पहिरोका कारण पोखरा महानगरपालिका -६ लेकसाईडमा पहिरो जांदा १ जनाको मृत्यु हुनुको साथै अन्य घाईते भएका छन ।सोमवार बिहान ( राती ) करिव १ बजेको समयमा पहिरो गएको थियो ।

पोखरा महानगरपालिका -६ लेकसाईडको डिहिको पाटन पछाडी पंधेरो भन्ने स्थानमा लक्ष्मी खड्का क्षेत्रीको घरमा पछाडीबाट आएको पहिरोले घरको कोठा भत्किन पुगेको हो ।

कोठा भत्किएपछि त्यहा डेरा गरि बस्ने माथापुच्छ्रे गाउं पालिका १ भुर्जुडं खोला तातोपानी घर भएका एउटै परिवारका ३ जना पुरिएका थिए । तत्काल ४० भन्दा बढ़ी सुरक्षाकर्मी हरुको टोली परिचालन गरेर उद्वार कार्य अगाडी बढाईएको थियो तर २६ वर्षिय सन्तोष सुनारको मृत्यु भएको र अन्य दुई जना घाईते अवस्थामा उपचार भैरहेको बताईएको छ ।

उद्वार कार्यमा कास्कीका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीको नेतृत्वमा १५ जना , वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरी पौडेलको नेतृत्वमा १० जना र सशस्त्र प्रहरी निरीक्षक उमेश ढकालको नेतृत्वमा १५ जनाको टोली खटिएको थियो । पहिरोका कारण पुरिएको कोठामा २७ वर्षिय सुनिता सुनार , उनकी छोरी १० वर्षिय सिम्रन सुनार र भाई सन्तोष सुनार बसेको प्रहरीले जनाएको छ ।

पहिरो आएपछि प्रहरी र स्थानीय बासिन्दालर्े उद्दार गरेका थिए । सुनिता घाईते अवस्थामा रहेको र उनलाई गण्डकी मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएको छ भने उनको अवस्था खतरामुक्त रहेको छ । छोरी सिम्रनको सकुशल उद्वार गरिएको भएपनि भाई सन्तोषलाई भने पहिरोले पुरिएको अवस्थामा उद्वार गरेर अस्पताल पठाउंदा डाक्टरले मृत घोषणा गरेका थिए ।

यसै बिच अविरल वर्षा पछि आएको पहिरोका कारण पोखरा महानगर-२५ एकार भीरमा माथीबाट पहिरो आएपछि हेम्जाबाट लाचोक घाचोक जाने पक्की सडक अवरुद्ध भएको छ । प्रहरीले उक्त सड़क खुलाउने प्रयास गरिरहेको जानकारी दिएको छ ।

१६ श्रावण २०७९, सोमबार ०८:०८ मा प्रकाशित
Nabintech