Play

बिबिआर फुटसलमा सन्देश मेमोरियल च्याम्पियन, राष्ट्रिय खेलाडीलाई सम्मान

गुरुकुल खबर


पोखरा , पोखरा महानगरपालिका २७ तालचोकस्थित काइट फुटसलमा सम्पन्न पहिलो संस्करणको ‘बिबिआर फाइभ ए साइड फुटसल प्रतियोगिता’ मा सन्देश मेमोरियल च्याम्पियन बनेको छ ।

‘स्वास्थ्य र भाइचाराका लागि खेलकुद’ भन्ने नारासहित विश्वास, भिषण एण्ड राहुल युनाइटेडले आयोजना गरेको फुटसल प्रतियोगितामा सन्देश मेमोरियलले ‘ट्वान्टी फाइभ के’ रत्नचोकलाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।

च्याम्पियन बनेको सन्देश मेमोरियलले शिल्ड मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार र उपविजेता बनेको ‘ट्वान्टी फाइभ के’ रत्नचोकले शिल्ड मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार प्राप्त गरे ।

प्रतियोगिताबाट प्रनिल रानाभाट सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ताका रुपमा सैनिक एफसीका सुजन भण्डारी र उत्कृष्ट गोलरक्षक सन्देश मेमोरियलका विजय गुुरुङ घोषित हुदैं क्रमशः २५ सय , २ हजार र २ हजारसहित ट्रफी प्रमाणपत्र हात पारे ।

कुल २६ समुहको सहभागिता रहेको फुटसल प्रतियोगितामा ‘ए’ डिभिजन खेलाडी टिममा समावेश गर्नपाउने व्यवस्था रहेको थियो।
सोही अनुरुप हिमालयन शेर्पा क्लबका खेलाडी भिषण गुुरुङ र व्रिगेड व्यााइज क्लबका रन्दिप पौडेल र राष्ट्रिय फुटसल टिमका किशोर गुुरुङ, रोशन छन्त्याल र विजय श्रेष्ठले विभिन्न टिमबाट सहभागिता जनाएका थिए ।

७ जना राष्ट्रिय खेलाडीलाई सम्मान

फुटसल प्रतियोगिताको अवसरमा ७ जना राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको छ । राष्ट्रिय फुटबल टोलिका सुमित श्रेष्ठ (हाल साफ च्यापियनसीप खेल्दै भारतमा), गोल रक्षक विश्वास क्षेत्री र मान बहादुुर तामाङ, विमल राना, त्रिदेव गुुरुङ, दिप कार्की र अजित भण्डारीलाई सम्मान गरेको हो ।

यसैबीच कार्यक्रममा आदर्श क्लबका ७ जना जुनियर ७ जना खेलाडीहरुलाई जर्सी र बुट सहयोग गरिएको थियो ।
प्रतियोगितामा विजेता तथा उपविजेता टोलीलाई गण्डकी फुटसलका अध्यक्ष तथा नेपाल खेलकुद महासंघका सचिवालय सदस्य राजन गुुरुङ, भुतपूर्व आदर्श क्लबका क्या. बासुदेव गुुरुङ, चन्द्रधोज गुरुङ परिवार लगायतले पुरस्कार वितरण गरेका थिए ।

१२ श्रावण २०७९, बिहीबार ०८:४२ मा प्रकाशित
Nabintech