Play

कास्की कांग्रेसको उधोग, बाणिज्य शाखालाई पुर्णता,पहिलो बैठक सम्पन्न

गुरुकुल खबर


पोखरा , नेपाली कांग्रेस कास्की अन्तर्गत गठित उधोग एवं बाणिज्य शाखाले पुर्णता पाएको छ ।
नेपाल उधोग बाणिज्य महासंघका सदस्य एवं लेखनाथ उधोग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका नेपाली कांग्रेसको कास्की जिल्ला कार्य समितिका सदस्य बाबुराम गिरीको संयोजकत्वमा गठित शाखाको सदस्यहरुमा छत्रधर आत्रेय , अर्जुन पोखरेल , रविरमण तिवारी , सिता गुरुडं, केशब बहादुर खत्री , शुरेश श्रेष्ठ, सुभाष सिग्देल, मदन केसी , विन्दु चन्द्र बराल , ई महेश कार्की र दीपेन्द्र राज ढकाल सदस्य रहेका छन ।
उक्त समितिको सल्लाहकारमा माईकल कर्माचार्य र गणेश बहादुर भट्टराईलाई राखिएको छ ।
शाखामा रहेका सदस्यहरु मध्ये आत्रेय लेखनाथ उधोग वाणिज्य संघका अध्यक्ष हुन भने पोखरेल पोखरा उधोग वाणिज्य संघका उपाध्यक्ष हुन । तिवारी सहकारी संघ कास्कीका पुर्व अध्यक्ष तथा गुरुडं महिला उधमी तथा हस्तकला व्यवसायी हुन।यसैगरि खत्री फ़ैन्सी व्यवसायमा संलग्न छन भने श्रेष्ठ निर्माण व्यवसायी हुन ।
विभिन्न क्षेत्रमा क्रियाशील व्यवसायी र उधोगीहरु रहेको उधोग बाणिज्य शाखाको सोमवार सम्पन् पहिलो बैठकले विभिन्न उधोगी व्यवसायी हरुले आफ्नो उधोग व्यवसाय संचालनका दौरानमा भोग्नुपरेका समस्याको समाधानमा पार्टीको भुमिका महत्वपुर्ण हुने ठहर गर्दै उधोगी व्यवसायीहरुका समस्या समाधानमा क्रियाशिल रहने निर्णय गरेको छ ।
उधोग व्यवसाय संचालन गर्दा लगानीको सुरक्षा , व्यवसाय मैत्री नीति तर्जुमा , सहुलियत पुर्ण ऋण र ब्याजमा सहुलियत जस्ता विषयका साथै अन्य विषयमा समेत शाखाले पार्टीलाई आवश्यक समन्वय गरि सल्लाह दिने निर्णय गरेको छ ।
कास्की कांग्रेसको कार्यालयमा सम्पन्न बैठकमा कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले पार्टीका सदस्यहरुलाई आर्थीक रुपमा सम्पन्न बनाउन उधमशिलतामा जोड्नुपर्ने भन्दै सहकारी या पव्लिक लिमिटेड कम्पनीको स्थापना गर्ने पहल भैरहेको बताए । उनले कृषि वा अन्य क्षेत्रमा काम गर्ने गरि कम्पनी स्थापना गर्ने र कांग्रेस कार्यकर्ताहरुलाई सानो लगानीबाट नै उधमशिलतामा जोडेर आत्मनिर्भर बनाउने सोचाई अनुरुप काम भैरहेको जानकारी दिए ।
पार्टीका जिल्ला सचिव भानु ढकालले पोखरा स्थित व्यवसायीहरुका संस्थाको नेतृत्वमा कांग्रेस समर्थक व्यवसायीलाई जिताउन शाखाले भुमिका खेल्नुपर्नेमा जोड़ दिए ।
नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिका सदस्य गंगाधर पराजुलीले उधोगी व्यवसायीले भोग्नुपरेका समस्या समाधानमा कांगेसलाई परामर्श दिने काममा शाखाको भुमिका महत्वपूर्ण रहने बताउंदै विभिन्न उधोग व्यवसाय संचालन गर्ने क्रममा पर्ने सबै किसिमको सहयोग गर्न तयार हुनसके कांग्रेसको संगठन सुदृढ़ बनाउन सहयोग पुग्ने बताए । उनले कार्यकर्तालाई आर्थिक रुपमा सम्पन्न बनाउन उधोग वाणिज्य शाखाले उधमशिलतामा समेत जोड दिन आग्रह गरे ।
बैठकमा कास्की कांग्रेस जिल्ला कार्यसमितिका सदस्य वर्षा केशव पराजुलीका साथै शाखाका सल्लाहकार माईकल कर्माचार्य र गणेश बहादुर भट्टराई लगायत शाखाका सदस्यहरुले आआफ्नो सुझाव प्रस्तुत गरेका थिए ।
बैठकले उधमशिलताको प्रबर्दन गर्ने, उधोगी व्यवसायीहरुको हितमा के कस्ता काम कसरी गर्ने र पार्टी कार्यकर्तालाई आत्मनिर्भर बनाउन कम्पनी र सहकारी संचालन गर्ने सम्बन्धमा महत्वपूर्ण छलफल गरेको शाखाका संयोजक बाबुराम गिरीले गुरुकुल खवरलाई जानकारी दिएका छन ।

२ श्रावण २०७९, सोमबार २२:०८ मा प्रकाशित
Nabintech