Play

वीपी स्मृति दिवसमा रक्तदान हुने

गुरुकुल खबर


पोखरा । नेपालका प्रथम जननिर्वाचित प्रधानमंत्री, नेपाली कांग्रेसका संस्थापक एवं जननायक विश्वेश्वरप्रसाद कोईरालाको ४० औं स्मृति दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना हुने भएको छ ।

नेपाली कांग्रेस कास्कीको सहयोग, क्षेत्रीय समितिहरुको समन्वय र पोखरा महानगर समितिको आयोजनामा साउन ६ गते रक्तदान कार्यक्रम हुने भएको हो ।

रक्तदान जीवनदान भन्ने मुल मन्त्रका साथ कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक एवम् नेपाली काँग्रेस पोखरा महानगरका कोषाध्यक्ष सम्मरबहादुर श्रेष्ठले जानकारी दिए ।

साउन ६ गते बिहान साढे ७ बजे देखि विपी चोक चिप्लेढुंगामा सुरु हुने उक्त रक्तदान कार्यक्रमको तयारी तिब्र रुपमा भईरहेको कार्यक्रम संयोजक श्रेष्ठले बताए ।

नेपाली काँग्रेस पोखरा महानगरका सभापति सुरेन्द्र विजुक्छेले कार्यक्रम सफल बनाउन पोखरा महानगरका कार्य समिति सदस्य तथा सबै वडा इकाईका सभापतिहरुलाई आग्रह गरेका छन् । रक्तदान सामाजिक कार्य भएकाले मात्र नभएर अस्पतालहरुमा रगतको अभाव भएको समयमा रक्तदान कार्यक्रममा रक्तदाताहरुको सहभागिता उल्लेखनीय हुने सभापति विजुक्छेको भनाई छ ।

३२ असार २०७९, शनिबार १८:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा