Play

स्वयंसेविकाहरुलाई दीर्घकालीन सेवाकालागि सम्मानसहित बिदाइ

गुरुकुल खबर


पोखरा । स्वास्थ्य कार्यालय स्याङ्जाले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दीर्घकालीन सेवाका लागि सम्मानसहित बिदाइ गरेको छ।
६० बर्ष उमेर पुगेका साथैविभिन्न पेशा र जनप्रतिनिधिका रुपमा निर्वाचित ३७ जना स्वयंसेविकालाई सम्मान सहित बिदाइ गरिएको हो।

स्याङ्जामा कार्यरत ३७ जना स्वयंसेवीलाई सम्मानपत्र र जनही २० हजार नगदसहित सम्मान एवं बिदाइ गरेको हो।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले समाजिक सेवामा स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान रहेको बताउँदै शिक्षा, स्वास्थ्य र सुरक्षाको जिम्मा राज्यले लिनुपर्ने बताए।

घर, परिवार, समाज र जिल्लालाई बिबिध सेवा उपलब्ध गराउँदै आएका स्वयंसेवीका खटाईले स्वास्थ्यमा आमूल परिवर्तन आएकोमा उनको भनाइ छ।

स्वयंसेवी महिलाका कारण नियमित खोप, स्वास्थ्य सम्बन्धी विभिन्न किसिमका जानकारी पाएको बताउँदै अन्तर्राष्ट्रियस्तरमा समेत सम्मान हुने अवसर जुटेको उनले बताए।

आफूहरूले महिला र शिशुको जीवनरक्षाका लागि गरेका सेवाप्रति पूर्णसन्तुष्ट रहेको जनाउँदै स्वयंसेविकाका लागि राज्यले निःशुल्क स्वास्थ्य बिमाको सुबिधा उपलब्ध गराउन माग गरेका छन्।

स्याङ्जाभर ६ सय १२ जना स्वास्थ स्वयंसेवीले सेवा दिदै आएका छन। खोप अभियान लगायत स्वास्थ्य सम्बन्धी कामका समयमा महिला स्वास्थ्य स्वयंसेवीलाई परिचालन गरिन्छन्।

३१ असार २०७९, शुक्रबार २०:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा