Play

पोखराको स्वास्थ्य सेवा उदाहरणिय बनाउछौंः मेयर आचार्य

गुरुकुल खबर


पोखरा । रोटरी क्लव हेल्थ केयर पोखराद्धारा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जडान गरिएको क्याथ ल्याव मेशिन एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दैपोखरा महानगरका प्रमुख धनराज आचार्यले स्वास्थ्य क्षेत्रमा पोखरालाई उदाहरणीय बनाउनेगरि काम गर्ने प्रतिवद्धता जनाएका छन्। त्यसका लागि महानगर, समाजिक संघसंस्था र केन्द्रदेखि प्रदेश सरकारसम्मको समन्वय आवश्यक रहेको उनले बताए ।

प्रमुख आचार्यले पोखरा सबैहिसावले सम्भावनायुक्त रहेकाले उत्कृष्ट बनाउन स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता औंल्याए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान संघ सरकार अन्तर्गत रहेको भएपनि कार्यक्षेत्र पोखरा महानगर र समग्र गण्डकी प्रदेशका बासिन्दा रहेको भन्दै महानगर प्रतिष्ठानसंग सहकार्य गर्न चाहेको बताए । उनले त्यसका लागि आफूहरुले के गर्नुपर्छ गर्ने र प्रतिष्ठानको तर्फबाट पनि त्यहि अनुकुलको सहकार्यको अपेक्षा प्रकट गरे ।

 

३१ असार २०७९, शुक्रबार १६:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा