Play

पोखरा महानगरको ८ अर्ब ७७ करोड भन्दा बढी बजेट पास

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ८ अर्व ७७ करोड ७५ लाख ५५ हजार बराबरको बजेट पारित गरेको छ ।
सभामा छलफल पछि बजेट सर्वसम्मत पारित गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए । महानगरपालिकाले आगामी वर्ष चालू वर्षको भन्दा २ अर्ब ३६ करोड ६५ लाख ५५ हजार बढी बजेट ल्याएको छ ।

महानगरको आगामी बजेटका स्रोतहरुमा सङ्घीय सरकार अनुदान २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदान ११ करोड २८ लाख, आन्तरिक आम्दानी तीन अर्व एक करोड रहेको रहेको छ ।

यसैगरी सङ्घीय राजश्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजश्व बाँडफाँट एक करोड ४२ लाख ५२ हजार र न्यून हुन जाने दुई अर्व ४० करोड ८१ लाख बजेट चालू आवको अन्त्यमा बचत हुने मौज्दातबाट व्यहोरिने महानगरले जनाएको छ ।

बजेटमा पूर्वाधार विकासतर्फ चार अर्ब ५३ करोड ६२ लाख, नगर कार्यपालिका कार्यालयतर्फ एक अर्ब २५ करोड ८७ लाख, सामाजिक विकासमा दुई अर्ब छ करोड ९२ लाख, शिक्षामा एक अर्ब ४९ करोड ३६ लाख, स्वास्थ्यतर्फ ५० करोड पाँच लाख, कृषितर्फ १६ करोड ७३ लाख ६५ हजार र वडा कार्यालयतर्फ ७२ करोड ६० लाख छुट्टाइएको छ ।

यसैबीच नगरसभाले विभिन्न समिति गठन गरेको छ ।

गठित न्यायिक समितिको संयोजक महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा भावना श्रेष्ठ र कालिदाश पोखरेल सदस्य रहेका छन् ।

यसैगरी झपटबहादुर रानाभाट संयोजक रहेको लेखासमिति सदस्यमा विष्णुमणि बराल, बलराम पौडेल, रामजी पौडेल र दुर्गा थापा सदस्यमा चयन भएका छन् ।

भने विधायन समिति संयोजकमा पुष्पेन्द्र पाण्डे तथा सदस्यमा राममोहन आचार्य, प्रेम प्रसाद कर्माचार्य, निर्मल दियाली र गंगाबहादुर खत्री चयन भएका छन् ।

२७ असार २०७९, सोमबार १०:१५ मा प्रकाशित
Nabintech