Play

कांग्रेस पोखरा महानगर समितिको पुर्ण बैठकमा गणपुरक संख्या पुग्न सकेन

गुरुकुल खबर


पोखरा । नेपाली कांग्रेस पोखरा महानगर समितिको शनिबार तय गरिएको पुर्ण बैठकमा समितिका सदस्यहरुको गणपुरक संख्या पुग्न सकेन ।

बैठकमा गणपुरक संख्या नपुगेको कारण बैठकले विभिन्न निर्णयहरु गर्न सकेन तर गत स्थानीय तहको निर्वाचन र आसन्न संसदीय निर्वाचनका बारेमा सहभागीहरु बिच केही समय समिक्षात्मक छलफल भएको थियो ।

पार्टीको पोखरा महानगर सभापति सुरेन्द्र बिजुक्छेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरु मध्ये नेपाली कांग्रेसको तर्फबाट उपमेयर उमेदवार भएपनि विजय हुन नसकेकोमा दुख प्रकट गरेका थिए ।

कतिपयले भने ३३ वडा मध्ये २३ वडा कांग्रेसले जित्दा पनि उपमेयर हार्नुको पछाड़ी पार्टीको वडा समिति र विभिन्न भातृ एवं शुभेच्छुक संस्थाहरु राम्रोसंग परिचालन नहुनु पनि रहेको चर्चा गरेका थिए ।

आसन्न संसदीय निर्वाचनमा पनि नया अनुहार, आम नागरिकले आशा गर्ने व्यक्ति साथै नागरिकसंग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नजिक भएका व्यक्तिहरु जसले अध्ययन संगै राम्रो कार्य क्षमता देखाउन सक्नेलाई उमेदवार बनाउनु पर्नेमा जोड़ दिए ।

बैठकमा अन्य बिभिन्न विषयमा छलफल गरिएको तर कोरम नपुगेको कारण कुनै पनि निर्णय नगरिएको बताईन्छ ।

बैठकको संचालन सचिव टुवराज बाँस्तोलाले गरेका थिए ।

 

१८ असार २०७९, शनिबार २१:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा