Play

नेपाली काँग्रेस पोखरा महानगरको पाँचौ पुर्ण बैठक शनिबार बस्दै

गुरुकुल खबर


पोखरा । नेपाली कॉंग्रेस पोखरा महानगरपालिका कार्यसमिति कास्कीको पाँचौ पुर्ण बैठक असार १८ गते शनिबार बस्ने भएको छ ।

नेपाली कॉंग्रेस महानगर कार्यसम्पादन समितिको असार ७ गते बसेको बैठकको निर्णय बमोजिम उक्त पुर्ण बैठक बस्न लागेको सभापति सुरेन्द्र विजुक्छेले गुरुकुल खबरलाई जानकारी दिए ।

सभापति विजुक्छेका अनुसार बैठकमा स्थानीय तहको चुनावी बारे समिक्षा तथा आगामी प्रदेश तथा संघको निर्वाचनका लागि रणनीति र तयारी  लगायत अन्य विविध विषयमा छलफल गरिनेछ ।

बैठकमा महानगर कार्य समितिका पदाधिकारीहरू, कार्यसम्पादन समितिका सदस्यहरु, महानगरका सम्पुर्ण सदस्य तथा ३३ वटै वडाका वडा ईकाई सभापतिहरूलाई अनिवार्य उपस्थितिकालागि पत्रचार गरी सकिएको सचिव टुवराज बाँस्तोलाले जानकारी दिए ।

सचिव गणेशबहादुर थापाले विधान बमोजिम आफ्नो काम कर्तव्यका बारेमा सजग हुन र सक्रिय हुनु पर्ने बताँउदै आफ्नो जिम्मेवारी निर्वाह गर्नु महानगर समितिका सदस्यहरुको कर्तव्य भएको बताए ।

पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको लेखनाथ उधोग वाणिज्य संघको सभाकक्षमा बैठक हुने महानगरले जनाएको छ ।

 

१७ असार २०७९, शुक्रबार २१:०२ मा प्रकाशित
Nabintech