Play

तांचोक नौजे पंगी लामा आमा समुहलाई नेतृत्व विकास तथा उद्घोषण तालिम

गुरुकुल खबर


पोखरा । तांचोक नौजे पंगी लामा चेलीबेटी तथा आमा समुह बगर पोखराले आईतबारदेखि नेतृत्व विकास तथा उद्घोषण कार्यक्रम संचालन गरेको छ ।

परिवारका सदस्यहरुको बोल्ने कलाको विकासका लागि तालिमको आयोजना गरिएको अध्यक्ष देवीकुमारी गुरुङले जनाकारी दिईन् । समाजले आयोजना गर्ने कार्यक्रममा मन्तव्य राख्न र कार्यक्रम संचालन गर्न समस्या नहोस् भन्ने उद्देश्यले तालिमको आयोजना गर्न लागिएको अध्यक्ष गुरुङको भनाई छ ।

सिकाईलाई उमेरले नछेक्ने बताउँदै उनले समाजका हरेक समुहका महिला सदस्यहरुलाई तालिममा अनिवार्य उपस्थितिको वातावरण सिर्जना गरिएको समेत जानकारी दिईन् ।

समाजका सदस्य तथा कार्यक्रम संयोजक सीता गुरुङले समाजका आमा तथा चेलीबेटीहरुको क्षमता अभिवृद्धि गर्न र सार्वजनिक कार्यक्रमहरु व्यवस्थित रुपमा संचालन गर्न सक्षम बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताईन् ।

महिला उद्यमी तथा राजनीतिकर्मी समेत रहेकी गुरुङले तांचोक नौजे पंगी लामा चेलीबेटी तथा आमा समुहका सदस्यहरुलाई रहेक क्षेत्रमा सवल र सक्षम बनाउने आफ्नो उद्देश्य रहेको बताउँदै अभ्यासले हरेकलाई सक्षम बनाउने बताईन् ।

संचारकर्मी रीता गुरुङ प्रशिक्षक रहेको उक्त तालिम शुक्रबारसम्म चल्नेछ ।संचारकर्मी गुरुडंसंग एक दशक भन्दा बढ़ी समय पोखरामा रहेर पत्रकारिता गरेको अनुभव छ । उनले गोल्डेन न्युज दैनिकको सम्पादक र सुनौलो एफ एमको स्टेशन म्यानेजर रहेर काम गर्नुको साथै पोखरा बहुमुखी क्याम्पसमा प्राध्यापन गरेकी थिईन ।

१४ असार २०७९, मंगलवार ०९:२८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा