Play

पोखरा लेडी जेसीज ३४ औं वर्षमा प्रवेश

गुरुकुल खबर


पोखरा लेडी जेसीज ३४ औं वर्षमा प्रवेश गरेको छ । जेसीजले पोखरामा एक कार्यक्रमको आयोजना गरि आफ्नो ३४ औं स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले गरे । उनले सामाजिक क्षेत्रमा जेसीज लगायतका संस्थाहरुले पुर्याउँदै आएको भुमिकाको खुलेर प्रशंसा गरे ।

उनले आगामी दिनमा सार्वजनिक महत्वका कार्यक्रमहरुमा पोखरा लेडी जेसीजसँग सहकार्य र सहयोगका लागि आफू र आफ्नो वडा सधै तयार रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा पोखरा जेसीजका पूर्व अध्यक्ष एवं नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय कानूनी सल्लाहकार गोविन्द देवकोटा, पोखरा लेडी जेसीजका पूर्व अध्यक्ष गिता सिग्देल, जेसिआई सिनेटर प्रमिला सुबेदी, सुनयना पालिखे, लेखनाथ जेसीज वर्ष २०२२ का अध्यक्ष सुजन न्यौपाने, पोखरा जेसीज वर्ष २०२२ का अध्यक्ष मिनराज खड्का लगायतले शुभकामना व्यक्त गरे ।

संस्थाका निवर्तमान अध्यक्ष कमला शर्मा (विनिता) को अध्यक्षतामा भएको कार्यक्रममा आस्थाको पाठ संस्थाका उपाध्यक्ष सरु थापा, स्वागत संस्थाका सकुन पौडेल र संचालन सचिव प्रमिला सुवेदीले गरेकी थिइन् । नेतृत्व, व्यक्तित्व विकास लगायत विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।

१३ असार २०७९, सोमबार ११:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा