Play

पत्रकार महासंघ गण्डकी प्रदेशको फिल्ड फोटो पत्रकारिता तालिम सम्पन्न

गुरुकुल खबर


पोखरा । पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजना र कानुन सञ्चार तथा प्रदेश सभाको सहयोगमा संचालन गरिएको पाँच दिने फिल्ड फोटो पत्रकारिता तालिम पोखरामा सम्पन्न भएको छ ।

असार ७ गते देखि ११ गतेसम्म सञ्चालित तालिमको समापन समारोहमा बोल्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिब गोविन्द सुवेदीले समग्र गण्डकी प्रदेशमा नै नयाँ खालको तालिम ल्याएकोप्रति खुशी व्यक्त गर्दै यस्तै नयाँ र सिपमुलक तालिमले संचार क्षेत्रमा स्थापित हुन सहज हुने बताए । उनले सिकेको कुरालाई प्रयोगात्मक रुपमा अगाडि बढाउन प्रशिक्षार्थीलाई अनुरोध समेत गरे ।

तालिमका मुख्य प्रशिक्षक राम गुरुङले प्रशिक्षार्थीद्धारा फिल्डमा गएर खिचिएका फोटोहरुको समिक्षा गर्दै फोटो पत्रकारिता गाह्रो बिषय भएको बताए । कतिपय स्थानमा फोटो पत्रकारले ज्यानको बाजी नै राखेर फोटो खिच्नुपर्ने अवस्था आउन सक्ने बताउँदै यस्तो बेलामा साहस जुटाउनु पर्ने आवश्कयता औल्याए ।

कार्यक्रम संयोजक राधिका कंडेलले गण्डकी प्रदेशमा क्रियाशिल तथा फोटो पत्रकारीतामा भविष्य निर्माण गर्न चाहनेहरुका लागि तालिम संचालन गरिएको बताईन् । उनले फोटो पत्रकारितामा आफ्नो अनुभव बताउदै पोखरामा फोटो पत्रकार एकदमै न्युन रहेको र त्यो माथि महिला फोटो पत्रकार औलामा गन्न सकिने भएकाले यस तालिमबाट आगामि दिनमा धेरै मिडियाकर्मीहरु फोटो पत्रकारीतामा आउने विश्वास व्यक्त गरिन् ।

तालिममा  ४० जना प्रशिक्षार्थी सहभागी थिए ।

१२ असार २०७९, आईतवार ०१:४६ मा प्रकाशित
Nabintech