तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Tuesday, February 7, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

संघीयता सुदृढीकरणका लागि प्रदेश सरकार र स्थानीय तहबीच समन्वय जरुरी – मुख्यमन्त्री

गुरुकुल खबर गुरुकुल खबर
२०७९ असार ८ मा प्रकाशित
in राजनीति, Breaking News, गण्डकी प्रदेश, समाचार
संघीयता सुदृढीकरणका लागि प्रदेश सरकार र स्थानीय तहबीच समन्वय जरुरी – मुख्यमन्त्री
27
SHARES
108
VIEWS
Share on FacebookShare on Twitter

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा र गण्डकी प्रदेश हरेक सूचकांकमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसावमा पछि रहेको भन्दै ३ तहका सरकारको समन्वयमा यस्ता गतिविधि बढाउनुपर्ने बताएका छन्।

पोखरा महानगरपालिकको ११ औं सभा उद्घाटनपछि बुधबार मुख्यमन्त्री पोखरेलले भने, ‘यसमा हाम्रा नीति नियम कमजोर हुन् या कहाँनेर कमजोरी छ त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनुपर्ने छ । पोखरा त अब प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्छ । पर्यटनमार्फत् त्यो सम्भावना पनि छ ।’

पोखराले बर्सेनि १२ देख १५ लाख व्यक्तिलाई कुनै न कुनै हिसावले सेवा दिनुपर्ने अवस्था रहेको औंल्याउँदै मुख्यमन्त्री पोखरेलले अबको ग्रेटर पोखराले समग्र प्रदेशलाई समेट्नुपर्ने बताए । उनले भने, ‘पोखरा भनेको यो कास्कीभित्रको सहरी क्षेत्रमात्र होइन पूर्वमा मादी र आँधिको बीच भन्दा पनि पनि पर मुगलिन र पश्चिममा राम्दीसम्मको भूभागको विकासका लागि पोखराले चासो देखाउनुपर्छ ।’

व्यवस्थित सहर विस्तारका लागि प्रदेशले पनि गृहकार्य गरिरहेको भन्दै उनले सबै खालका गतिविधिलाई पोखराभित्र मात्र समेट्न सम्भव नरहेको बताए । पोखराले ५ वर्षमा पर्यटक दोब्बर बढाउने, उनीहरुको बसाई अवधि र खर्च पनि दोब्बर बनाउने गरी योजना ल्याउनुपर्ने भन्दै उनले यसका लागि प्रदेश सरकारले के सहयोग गर्नुपर्छ तयार रहेको जनाए ।

उनले निर्माणको अन्तिम चरणमा पुगेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा कत्ति पनि ढिलाइ गर्न नहुने भनाइ राखे । उनले भने, ‘यसको उपयोगका बारेमा चर्चा सुरु भइसकेको छ । ल्यान्डफिल साइटको विकल्पको खोजी र विमानस्थलसम्मको बाटो विस्तार प्राथमिकतामा हुनु जरुरी छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सहजीकरण समिति प्रदेश सरकारले गठन गरेको छ । यसले सरोकारवालासँग नियमित रुपमा छलफल गर्दै आएको छ । अरु सकिए पनि महानगरको ढिलाइले विमानस्थल सञ्चालनमा ढिलाइ नहोस् भन्ने प्रदेश सरकारको चाहाना छ, ल्यान्डफिल साइट छिटो बनोस् ।’

पोखराबाट उडान भर्नका लागि जजिरा लगायतका विमान सञ्चालन कम्पनी तयार भइसकेको भन्दै उनले नेपालमा उडान गर्ने हवाई कम्पनीका प्रतिनिधिहरुलाई पोखरामै बोलाएर वृहत भेला गर्ने र यहाँको पर्यटकीय महत्वका बारेमा जानकारी गराउने उल्लेख गरे । उनले भने, ‘यो एअरपोर्टको खर्च धान्न र गण्डकीको पर्यटनलाई अझै उचाइमा पु¥याउन भारतका मुख्य सहरहरुमा नियमित रुपमा सिधा उडान जरुरी छ । यसका लागि हामीले नेपाल सरकारलाई झकझकाइरहेकै छ ।’

५ वर्षमा स्थानीय तहको बलियो आधार तयार भएको भन्दै मुख्यमन्त्री पोखरेलले संघीयता सुदृढीकरणका लागि प्रदेश सरकार र स्थानीय तहबीच समन्वय जरुरी रहेको बताए । यसका लागि प्रदेशले गण्डकी प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको ऐन ल्याएको जानकारी उनले गराए ।

पोखरा प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र भएकाले यसको औपचारिक घोषणाका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरले निर्णय गरेर नेपाल सरकारलाई पठाइसकेको मुख्यमन्त्री पोखरेलले उल्लेख गरे ।

पोखरा सहरलाई कस्तो बनाउने भनेर प्लानिङ गर्ने हामीहरुले भन्दै मुख्यमन्त्री पोखरेलले भने, ‘पोखरा आफैमा सुन्दर छ । यसको सुन्दरता बचाइराख्न र पर्यटक आकर्षणका लागि थप पूर्वाधार निर्माण गर्नुपर्ने छ । चौडा सडक, फराकिलो फुटपाथ, हरियालीका साथमा रात्रिकालीन बत्तीहरु झिलीमिली हुन्, जसका कारण स्वदेश र विदेशी पर्यटकलाई थप आकर्षित बनाउन सकिन्छ ।

उक्त अवसरमा पोखरा महानगरका मेयर धनराज आचार्यले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरे । उपमेयर मञ्जुकुमारी गुरुङले स्वागत गरेको कार्यक्रममा नेपाली कांग्रेस दलका नेता दिवशमान प्रधानांग, एमाले दलका नेता राधिका शाही योगी, महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले बोलेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित

सर्वाधिक पढिएका

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी
व्यक्ति/संस्था

 नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. कार्की विजयी

२०७९ माघ २४ मा प्रकाशित
प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण
शिक्षा/स्वास्थ्य

प्रेस चौतारीको स्थापना दिवसमा स्टेशनरी वितरण

२०७९ माघ २४ मा प्रकाशित
पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक
खेलकुद

पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७९ माघ २४ मा प्रकाशित
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड
समाचार

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई कास्की कांग्रेसको सम्मान, नेतृत्व संयमित हुनुपर्नेमा कांग्रेस नेता पाण्डेको जोड

२०७९ माघ २४ मा प्रकाशित
आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.