Play

शुभकामना गोल्डकपको तयारी अन्तिम चरणमा, विदेशी सहित ८ टिम सहभागि हुने

गुरुकुल खबर


पोखरा २ असार । शनिबारदेखि पोखरा महानगरपालिका २५ हेम्जामा हुने छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । हेम्जा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगिता’ का लागि आवश्यक तयारी पुरा भएको क्लबका अध्यक्ष इन्द्र कुवरँले जानकारी दिए ।

उनका अनुसार अब मैदानमा लाइन बनाउने र स्टेज सजावटको मात्रै काम बाकिँ रहेको छ । त्यो बाहेक प्रतियोगिताका अन्य तयारी सकिएको छ । १ विदेशी सहित ८ टिम सहभागि हुने प्रतियोगितामा भोलिसम्म सबै क्लब पोखरा आइपुग्ने छ ।

पहिलो पटक गोल्डकपको रुपमा आयोजना गर्न लागिएको प्रतियोगिता सहारा क्लब पोखराले आयोजना गर्दै आइरहेको आहा ! रारा गोल्डकपबाट प्रेरणा मिलेको बताए । उनले पोखरामा एक मात्रै आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता हुदैँ आइरहेको अवस्थामा पोखराबाट ग्रामिण भेगमा समेत गोल्डकप गर्न सकिने भन्ने सन्देश दिनका लागि प्रतियोगिताको आयोजना गर्न लागेको उनले बताए ।

‘पोखरामा एक मात्रै गोल्डकप हुदैँ आइरहेको थियो अब हामीले पनि संचालन गर्ने तयारी गरेका हौँ’ उनले भने, ‘आहा! रारा गोल्वडकपकै प्रेरणले हामीलाई उर्जा थपेको हो । पोखरालाई खेलकुदको राजधानी बताइरहँदा यस्ता प्रतियोगिताले थप टेवा पुग्ने हामीले विश्वास लिएका छौं । ’

उनले प्रतियोगितामा ए डिभिजन क्लबका साथै मोफसलमा हुने गोल्डकप फुटबल प्रतियोगिताका विजेता क्लबहरुलाई समेत आमन्त्रण गरेको सुनाए । ‘हामीले सबै ए डिभिजन क्लबलाई आमन्त्रण गरेका छैनौं । मोफसलमा गोल्डकप जितेका टिमहरुलाई समेत आमन्त्रण गरेका छौं ताकि उनीहरुको हौसला बढोस् र हाम्रा खेलाडीको पनि ।’

गौरीशंकर खेल मैदानमा हुने प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहने भएको कुवरँले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेनडर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०÷२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

हेम्जामा क्लबले फुटबल एकेडेमी संचालनार्थ आयोजना गर्न लागेको प्रतियोगिता असार ४ गतेदेखी ११ गतेसम्म संचालन हुनेछ ।

 

३ असार २०७९, शुक्रबार ०७:२५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा