Play

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कास्कीद्वारा दिप प्रज्वलन

गुरुकुल खबर


पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कास्कीले स्वर्गीय राजा विरेन्द्र र उनको परिवारको सम्झनामा विहीबार पोखरामा दिप प्रज्वलन कार्यक्रमको आयोजना गर्यो ।

पोखराको विरेन्द्र चोकमा आयोजित कार्यक्रममा राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले राष्ट्रवादी राजा विरेन्द्रको अभाव देशमा खड्किएको बताउँदैराजसंस्था मात्रै अबको बिकल्प रहेको बताए । उनले नेपालगन्जमा राजा विरेन्द्रको शालिक पुर्स्थापनामा सरकारले गरेको धरपकडको भर्त्सना गर्दै इतिहासको सम्मान गर्न नसक्ने सरकारको रबैया सच्चिनु पर्नेमा जोड दिए ।

कार्यक्रम संयोजक तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कास्कीका अध्यक्ष बिजयबहादुर भण्डारीले जेष्ठ १९ नेपालका लागि कालो दिन भएको बताउँदै उनले राजतन्त्र फाल्न षड्यन्त्रकारी समुहले गरेको हत्याकाण्डको कारण देशले दुस्ख भोग्नु परेको बताए।

दिप प्रज्वलन कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्यहरु डा महेन्द्र बहादुर कार्की, शंकर खराल, जिल्ला उपाध्यक्ष मनिष केसी, जिल्ला प्रवक्ता अरुण गिरी, सह सचिवहरु नारायणहरि तिवारी, सुवर्णराज पन्त, नेतृ सन्जना सेन पौडेल, युवक संगठनका नेता सन्दीप कुवर, बिधान गुरुङ, निरज शर्मा, अमृत थापा लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

१९ जेष्ठ २०७९, बिहीबार २३:५६ मा प्रकाशित
Nabintech